अदुवाको अत्यधिक सेवनले यसको साइड इफेक्ट शरीरमा स्पष्ट देखिन सक्छ। जस्तै छातीमा जलन, एसिड रिफ्लक्स, छातीको तल्लो भागमा जलन आदि।
अदुवा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ तर भनिन्छ जुनसुकै कुराको लत सधैं हानिकारक हुन्छ । त्यसैगरी चियामा अदुवा पिसेर बारम्बार मिसाएर पिउने हो भने समग्र स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । जसका कारण पेट र छातीमा जलन हुने, पखाला लाग्ने, ग्यास लाग्ने र पेट दुख्ने समस्या हुनसक्छ ।
अनुसन्धान अनुसार तपाईले शरीरमा अदुवाको साइड इफेक्ट देख्न सक्नुहुन्छ। अदुवाको चिया धेरै पिउनाले एसिड रिफ्लक्सका कारण मुटुमा जलन हुन्छ, जसले छातीको तल्लो भागमा जलन हुने गर्छ । पूरै दिनमा १ ग्रामभन्दा बढी नुन खानु हुँदैन ।
अदुवाको चिया पिउनाले वा खानामा मिसाउँदा शरीरमा यस्ता समस्या निम्त्याउँछ ।
पेटको जलन : अदुवाले शरीरलाई न्यानोपन प्रदान गर्ने भए पनि यसको बढी सेवनले पेट जलन, एसिड बन्ने, ग्यास र कब्जियत जस्ता समस्या निम्त्याउन सक्छ । तर, खाना खाएपछि थोरै मात्रामा सेवन गरेमा पेट फुल्ने समस्या कम हुन्छ ।
रगत जम्नलाई असर गर्छ: अदुवामा रगत पातलो बनाउन सक्ने गुण हुन्छ। तर, यसको अत्याधिक सेवनले रगत जम्ने समस्यालाई असर गर्न सक्छ। यसको अत्याधिक सेवनले रगत पातलो बनाउने औषधि सेवन गर्नेहरुको समस्या बढ्न सक्छ ।
रगतमा चिनीको मात्रा कम हुन सक्छ: खानामा अदुवाको मात्रा बढी समावेश गर्दा इन्सुलिनको स्तरमा बाधा पुग्न सक्छ। जसका कारण रगतमा चिनीको मात्रा अचानक घट्न सक्छ ।
मुखमा घाउः अदुवाको धेरै सेवन गर्नुहुन्छ भने यो समस्याले सताउन सक्छ । त्यसैले अदुवालाई सकेसम्म सीमित मात्रामा प्रयोग गर्नुहोस्।
अस्वीकरण: समाचारमा दिइएको केही जानकारी मिडिया रिपोर्टहरूमा आधारित छ। कुनै पनि सुझाव लागू गर्नु अघि, तपाईंले सम्बन्धित विशेषज्ञसँग परामर्श गर्नुपर्छ।