नेपालगन्ज माघ ३ । नेपालगन्ज साईकिलिङ क्लबले आयाेजना गरिने ७ ओै संस्करण आउदाे माघ २५ देखि २६ गते हुने टुर डे ठाकुरद्वाराकाे सचिवालयकाे स्थापना बिहिबार नेपालगन्ज गरिएकाे छ ।
सचिवालकाे उद्घाटन प्रतिनिधि सभासदस्य डा धवल सम्मसेर राणा र नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले सयुक्त रूपमा उद्घाटन गरेकाका थिए ।
उद्घाटन कार्यक्रमलाई सम्बाेधन गदै प्रतिनिधि सभासदस्य डा धवल सम्मसेर राणाले साईकिलिङ गर्दा मावनकाे स्वास्थमा ठुलाे सहयाेग गर्ने बताउदै नेपालगन्ज लाई बिश्व सामुन्ने चिनाउनका लागी नेपालगन्ज देखि रारा ताल सम्म साईकिलिङ यात्रा गर्नु पर्ने बताए ।
नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त बिष्टले मानव जीवन सम्पति स्वास्थ भएकाे हुनाले खेलकुदकाे माध्यमबाट मात्र मानव स्वास्थ्य हुने भएकाेले खेलकुदकाे बिकाश गर्ने सबै एकजुट हुनु पर्ने बताए ।
उद्घाटन कार्यक्रम नेपालगन्ज साईक्लिङ क्लबका अध्यक्ष प्रदिप सापकोटा काे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।