दाङ भालुबाङ माघ ७ । नेपालगन्ज साईक्लिङ कल्व नेपालगन्जले यहि माघ २५ र २६ गते गर्ने टुर डे ठाकुराद्वारा कार्यक्रम लाई लुम्बिनी प्रदेश पर्यटन तथा उघाेग मन्त्रालयले प्रबर्द्धन गर्ने भएकाे छ ।
नेपालगन्ज साईक्लिङ क्लबका अध्यक्ष प्रदिप सापकोटाकाे नेतृत्वमा साेमबार लुम्बिनी प्रदेश पर्यटन तथा उघाेग मन्त्री प्रचण्ड बिक्रम न्याैपाने लाई भेट टुर डे ठाकुराद्वारा कार्यक्रमकाे प्रस्तावना पेश गरेकाे छ ।
लुम्बिनी प्रदेश पर्यटन तथा उघाेग मन्त्री प्रचण्ड बिक्रम न्याैपानेले प्रस्तावना बुझ्दै लुम्बिनी प्रदेश भित्र आयाेजना हुने पर्यटन सम्बन्धि कार्यक्रमहरूलाई मन्त्रालयले सहयाेग गदै आएकाे बताउदै टुर डे ठाकुराद्वारा कार्यक्रम साईक्लिङ यात्राले धार्मिक, समाजिक पर्यटनकाे प्रचार प्रचारमा ठुलाे भुमिका खेलेकाे बताउदै याे कार्यक्रमलाई सहयाेग गर्ने प्रतिबद्धता ब्यक्त गरे
नेपालगन्ज साईक्लिङ क्लबका अध्यक्ष प्रदिप सापकोटाकाे नेतृत्व लुम्बिनी प्रदेशका पुर्ब समाजिक मन्त्री एव प्रदेश सभासदस्य रत्न खत्री, क्लबका सल्लाहकार रमेश मल्ल, क्लबका सदस्य चन्द्र कडेलकाे सहभागी थियाे।