मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रादेशिक महाेत्सव २०८१नेपालगन्जकाे उद्घाटन नेकपा माओवादी अध्यक्ष प्रचण्ड ले गर्ने
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज माघ ८ । नेपालगन्ज उघाेग बाणिज्य संघ द्वारा यहि माघ १० गतेबाट सुरू हुने प्रादेशिक महाेत्सव २०८१  पत्रकार सम्मेलन मंगलबार गरेकाे छ ।

    उघाेग,व्यापार,कृषि,पर्यटन, जडिबुटी,राेजगार,सुचना प्रबिधि र पर्यटन  व्यवसायिक उधमशाला तथा कला संस्कृतिकाे प्रबर्द्धन गर्ने उदेश्यले प्रादेशिक महाेत्सव २०८१ आयाेजना गरिएकाे कुरा नेपालगन्ज उघाेग बाणिज्य संघका अध्यक्ष टंक धामीले जानकारी दिए । पत्रकार सम्मेलनमा अध्यक्ष धामीले प्रादेश महाेत्सव २०८१  नेपाल कम्युनिस्ट  (माओबादी) पार्टीका अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड ) ले उद्घाटन गर्ने बताउदै  महाेत्सवमा कृषि,पर्यटन ,जडीबुटी ,हस्तकला,अटाे माेबाइल्स लगायत ३५० वटा स्टल का साथै सुचना तथा बिज्ञान प्रबिधि सम्बन्धि  नबिनतम् प्रदर्शनी,बिदेशी उधमशाला तथा उघाेग प्रदर्शनी,थारू भिलेज साथै बिधालय स्तरीय नृत्य तारा प्रतियोगिता हुने बताउदै महाेत्सवमा ख्याती प्राप्त कलाकारका गित,नृत्य, लाईभ दाेहाेरी र हास्यब्यङ,सहितकाे सास्कृतिक कार्यक्रम हुने बताए ।

    पत्रकारहरूकाे प्रश्नकाे जवाफ दिदै अध्यक्ष धामीले महाेत्सवमा राेजगार प्रवर्द्धन सम्बन्धि प्रदर्शनी हुने बताउदै महाेत्सवबाट करिव ५० लाख रूपैयाँ आम्दानी गर्ने बताए ।

    अध्यक्ष धामीले प्रादेशिक महाेत्सबकाे अवलोकन लागि रू ७० र रू १०० टिकटकाे ब्यवस्था गरिएकाे छ ।

  • ८ माघ २०८१, मंगलवार १२:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित