मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

याेजना छनाेट र कार्यान्वयनमा देखिएकाे विकृति राेक्न निर्मम निर्णय लियाैं:मुख्यमन्त्री आचार्य
  • मार्गरेखा संवाददाता

  • कपिलवस्तु, १७ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले याेजना छनाेट र कार्यान्यवनमा देखिएकाे विकृतिलाइ अन्त्य गर्न प्रदेश सरकार निर्मम बनेर अघि बढेकाे बताउनु भएको छ ।

    कपिलवस्तु स्थित आनन्द नगरमा मदन आश्रित स्मृति भवनकाे शिलान्यास गर्दै मुख्यमन्त्री आचार्यले याेजना छनाेट गर्ने, कार्यान्वयनमा देखिएको विकृति अन्त्य गर्न टुक्रे याेजना निरुत्साहित गर्ने, पाँच लाख भन्दा माथिका याेजना कार्यान्वयनमा प्रतिस्पर्धा गराउने निर्णय गरिएको स्पष्ट पार्नु भएको छ ।`उपभोक्ता समितिकाे नाममा याेजना कार्यान्वयनमा देखिएकाे विकृतिलाई राेक्न प्रदेश सरकार निर्मम बनेकाे छ´उहाँले भन्नुभयाे-`सरकारले सबै खाले विकृतिलाई निरुत्साहित गर्ने बिषयलाई प्राथमिकतामा राखेकाे छ ।´ सुशासन कायम गर्न भ्रष्टाचार बिरुद्धकाे अभियानलाई प्राथमिकतामा राखेकाे बताउनु भयाे ।`सरकारले सुशासन कायम गर्ने बिषयलाइ आफ्नाे प्राथमिकतामा राखेर अघि बढिरहेको छ । प्रदेश सरकार जनताकाे भराेसाकाे केन्द्र बन्न सफल भएको छ । प्रदेश स्थापनाले जनताकाे समस्यालाई नजिकबाट सम्बाेधन गर्न सफल भएको छ´उहाँले भन्नुभयाे-`खर्च कटौतीलाई प्राथमिकतामा राखेर काम गर्दा राम्रो सन्देश प्रवाह भएको छ ।´

    यस्तै संघीयतालाइ बलियाे र स्थापित गर्न तिन तहका सरकारकाे विचमा समन्वय, सहकार्य र सहअस्तित्व कायम गरि अघि बढ्नुनै आजकाे आवश्यकता भएको मुख्यमन्त्री आचार्यले बताउनु भयाे । एक कराेडकाे लगानीमा मदन आश्रित स्मृति भवन निर्माण सुरु भएको हाे ।

    एमाले कपिलवस्तुका जिल्ला अध्यक्ष बावुराम खनालकाे अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यकाे प्रमुख आतिथ्यमा सम्पन्न भवन शिलान्यास कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, लुम्बिनी प्रदेश पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, एमाले कपिलवस्तु जिल्ला इञ्चार्ज गिरिधारीलाल न्याैपाने लगायतले सम्बाेधन गर्नु भएको थियाे ।

  • १७ माघ २०८१, बिहीबार १५:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित