मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कांग्रेसले सहकारी आन्दोलनलाई आमनागरिकसमक्ष पुर्‍याउन खोजेको छ नेपाली काँग्रेस सभापति देउवा
  • मार्गरेखा संवाददाता

  • काठमाडौ माघ १९ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीसम्बन्धी अध्यादेशबाट उक्त क्षेत्रका समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा उनले सहकारी क्षेत्रमा देखिएका समस्या र विकृति अन्त्य गर्न सरकारले अध्यादेश ल्याएको बताए ।

    सहकारीमा लाखौँ बचतकर्ताको रकम सञ्चालकले अपचलन गरेको भन्दै उनले त्यसको सुरक्षाको ‘ग्यारेन्टी’ गराउनुपर्नेमा जोड दिए । सहकारी क्षेत्रको विकास हुन सके समग्र अर्थतन्त्रले नै गति लिने उनले बताए ।

    उनले अर्थतन्त्रका तीन आधारमध्ये एक सहकारी क्षेत्रको औचित्य र महत्त्व निकै रहेको धारणा व्यक्त गरे । कांग्रेसले सहकारी आन्दोलनलाई आमनागरिकसमक्ष पुर्‍याउन खोजेको उनको भनाइ थियो ।

  • १९ माघ २०८१, शनिबार १५:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित