मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

रैथाने कथा र आख्यान माथि नेपालगञ्जमा चर्चा
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज, माघ १९ गते –रैथाने कथा र बाँकेको समग्र आख्यानबारे आज नेपालगञ्जमा व्यापक चर्चा गरिएको छ ।
    नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य विभागको आयोजना र सिर्जना कला साहित्य प्रतिष्ठान नेपालगञ बाँकेको संयोजनमा शनिबार नेपालगञ्जमा आयोजित बाँके आख्यान महोत्सवमा आख्यानका विविध पाटोमा समिक्षात्मक चर्चा गरिएको हो ।
    साहित्यकारहरु सनत रेग्मी, किरण आचार्य, बिष्णु कमाल, शेखर दहितसँग लेखक तथा पत्रकार शुक्रऋषि चौलागाईले रैथाने कथाका विविध पाटोमा रहेर सहजीकरण गर्नु भयो । रैथाने समुदायमा कयौ इस्युहरु भएपनि सशक्त र प्रभावकारी रैथाने कथा किन लेखिएनन, रैथाने समुदायबाटै कथाकार कसरी उत्पादन गर्ने लगायतका सवाल , जवाफसंगै अन्तरक्रिया गरियो ।
    बाँके जिल्लाका निबन्ध, निबन्धकार र लेखनीमा साहित्यकार पुष्कर रिजालले प्रवचन दिनुभयो भने समग्र आख्यानको अवस्था, सुधार गर्नु पर्ने पक्ष लगायतमा ईश्वरी प्रसाद रिजालले प्रवचन दिनुभयो । कस्तो कथा लेख्ने बहसमा सनत रेग्मी, धन प्रसाद सुवेदी र अमर न्यौपानेसँग सहजकर्ता सुमित्रा न्यौपानेले सहजीकरण गर्नु भयो ।

    यस अघि महोत्सवको उदघाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव धन प्रसाद सुवेदीले स्थानीय आख्यान लेखन सशक्त र प्रभावकारी बनाउन साहित्यियक संस्थाहरु पनि संगठित हुनु पर्ने आवश्क्तामा जोड दिनुभयो ।
    नेपाल प्रज्ञा प्रतिष्ठान गद्य विभाग प्रमुख अमर न्यौपानेको सभाअध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ महानन्द ढकाल र खजुरा प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा ईन्द्र भण्डारीले पनि आख्यान लेखन गुणस्तरिय बनाउन स्रष्टा स्वयं जागृत हुनुका साथै कार्यशाला लगायतका कार्यक्रम र अभियान गर्नु पर्नेमा पनि जोड दिनु भयो । स्रष्टा जित बहादुर शाहद्धारा सञ्चालन गरिएको कार्यक्रमको स्वागत मन्तव्य सिर्जना कला साहित्य प्रतिष्ठान नेपालगन्जका अध्यक्ष शसिराम कार्कीले गर्नु भएको थियो । कार्यक्रममा जिल्लाका विशिष्ठ साहित्यिक स्रष्टाहरुको सहभागिता रहेको थियो ।

  • १९ माघ २०८१, शनिबार २०:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित