मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

थारू समुदायका लागि आरक्षणको आवश्यकता सभापति देउवा
  • मार्गरेखा संवाददाता

  • दाङ माघ २६ । पूर्व प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले  थारू समुदाय अझै पनि शिक्षाबाट बञ्चितीकरणमा परेको बताउदै समुदायका अगुवाहरू शिक्षाको क्षेत्रमा विशेष ध्यान दिनुपर्ने  थारू समुदायका लागि आरक्षणको आवश्यकता रहेको बताउनु भयाे  ।  साे कुरा अन्तर प्रदेशस्तरीय सांस्कृतिक सम्मेलन एवम् मटावाँ बरघर भलमन्सा अधिवेशनको शनिबार दाङकाे तुलसीपुरमा   उदघाटन गर्दै  बताउनुभयो ।

    सभापति देउवाले   थारू कला, सीप र संस्कृतिको प्रवर्धन गर्नुपर्ने बताउदै  थारू समुदाय कला, सीप संस्कृतिमा धनी भएतापनि त्यसको बजारीकरण र प्रवर्धन हुन नसक्दा युवा पुस्तामाझ पुग्न नसकेको बताउनुभयो ।

    मटावाँ, बरघर (भलमन्सा) का केन्द्रीय अध्यक्ष डिल्लीबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सभापति देउवाले दाङको विकासका लागि टरिगाउँ धावनमार्ग विस्तार अपरिहार्य रहेको बताउनुभयो ।

    कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारू समुदायको कला, संस्कृति र सीप जर्गेना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मुख्यमन्त्री आचार्यले सीपलाई आयआर्जनको माध्यमका रूपमा विकास गर्न आग्रह समेत गर्नुभयो ।

    मटावाँ बरघर भलमन्साका केन्द्रीय अध्यक्ष एवम् लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बरघर भलमन्सा ऐन ल्याउन प्रदेश सरकार अग्रसर हुनुपर्ने बताउनुभयो । चौधरीले भन्नुभयो, “लोकतन्त्रको सुन्दर अभ्यास थारू मटावाँमा रहेको छ, त्यसलाई वैधानिकता दिनुपर्छ ।”

    उहाँले थारू संरक्षित क्षेत्र घोषणा गरी थारू कला संस्कृति जगेर्ना गर्न आग्रह गर्नुभयो । मटहवाँ सङ्घ दाङका अध्यक्ष चन्द्रप्रकाश चौधरीले भूह्यार संरक्षणका लागि तीन तहकै सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा तुलसीपुुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले  मटावाँ ऐन पालिकाबाट जारी भएको र उक्त ऐन कार्यान्वयनमा ल्याइने बताउनुभयो । सम्मेलनमा पूर्व नवलपरासीदेखि पश्चिम कञ्चनपुरका थारू मटावाँको सहभागिता रहेको छ ।

  • २६ माघ २०८१, शनिबार २०:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित