मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दाङ र रूपन्देहीमा बलात्कार आरोपमा तिन युवक पक्राउ
  • मार्गरेखा संवाददाता

  • रुपन्देहीमा बालिकाको बलात्कार आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवदह नगरपालिका–३, गौरीटोलका २८ वर्षीय अजय थापा र ३५ वर्षीय गोविन्द थापा छन् ।

    १३ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीहरूमाथि आरोप छ । बिहीबार (फागुन १) साँझ उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

    गएको मंगलबार राति ती बालिकाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसै गरि

    दाङमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–४, जुम्लेकुलाका २२ वर्षीय चन्द्रप्रसाद नाथ छन् ।

    १४ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । बिहीबार (फागुन १) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

    बालिकालाई स्थानीय जंगलमा लगेर बुधबार बिहान बलात्कार गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

  • २ फाल्गुन २०८१, शुक्रबार १३:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित