मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

खजुरामा AI तालिम सम्पन्न
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज ।   लायन्स तथा लियो क्लब अफ नेपालगञ्ज खजुराको आयोजनामा “Gen Z A.I. Connect v0.1” नामक Artificial Intelligence सम्बन्धी तालिम सञ्चालन भएको थियो। सो तालिमा खजुरा गाउँपालिकाको मुख्य सहकार्य रहेको थियो भने नेपालगञ्ज स्थित Nepalgunj Campus of Management and Technology (NCMT) को प्रमुख सौजन्यतामा कार्यक्रम सञ्चालन गरिएको थियो।
    कार्यक्रममा खजुरा गाउँपालिकामा ‌+२ तहमा अध्ययनरत विद्यार्थीहरुलाई Artificial Intelligence (AI) सम्बन्धी अवधारना, दैनिक जिवनमा यसको उपयोग, यसबाट देखा पर्ने समस्याहरु तथा त्यसता समस्याहरुको समाधान र यसको सदुपयोग गर्ने तरिका बारे प्रशिक्षण दिइएको थियो। सम्बन्धीत क्षेत्रमा विज्ञता प्राप्त प्रशिक्षक, NCMT का Academic Coordinator तथा Brilliant IT Solutions (BITS) का सञ्चालक श्री अङ्कित श्रीवास्तव ज्यूबाट सञ्चालित प्रशिक्षण सत्रमा सहभागी विद्यार्थीहरुलाई अत्यन्त विस्तृत रुपमा AI सम्बन्धी आवश्यक समग्र विषयवस्तुहरुको प्रशिक्षण प्रदान गरिएको थियो।
    हाल विश्व AI को युगमा प्रवेश गरिरहँदा खजुराका युवा वर्गहरुलाई समेत यसको फाइदा र नोक्सानीसँग परिचित गराउँदै यसको सदुपयोग गरेर आफ्नो भविश्य निर्माण गर्न सक्षम बनाउन यो कार्यक्रम आयोजना गरिएको हो भने आफ्नो स्मार्ट गाउँपालिकाको परिकल्पनालाई साकार गर्न यस कार्यक्रमले योगदान गरेको खजुरा गाउँपालिका अध्यक्ष श्री डम्बर बहादुर वि.क. ले टिप्पणी गर्नु भएको थियो। नेपालगञ्ज क्षेत्रमा सबल गुणस्तरीय प्राविधिक शिक्षा प्रवाह गरिरहेको Nepalgunj Campus of Management and Technology ले समेत यस कार्यक्रमलाई प्रोत्साहन गर्दै खजुराका युवाहरुको सुनौलो उच्च शिक्षामा योगदान पुर्याउने र BCA तथा B.Sc CSIT अध्ययनमा खजुराको युवाहरुलाई उचित मार्गदर्षन प्रदान गर्ने प्रतिवद्धता सो कार्यक्रममा जनाएको थियो।
    कार्यक्रमलाई भव्य र सभ्य रुपमा सञ्चालन गरी सम्पन्न गराउन Khajura Campus तथा Little Harbor Academy, खजुराको मुख्य भुमिका रहेको थियो भने सञ्चालन श्री कृष्ण भण्डारीले खजुराका विद्यार्थीहरुको सुनौलो भविश्य निर्माण गर्न Khajura Campus तथा Little Harbor Academy सधै तत्पर रहेको कुरा जानकारी गराउनु भयो।
    सफल र उन्नत भविश्यको शुभकामना दिँदै TRTI College, Nepalgunj का CEO श्री भगत नेपालीले सहभागी विद्यार्थीहरुलाई असल भविश्य निर्माण गर्न मार्गदर्शन गर्नु भएको थियो। साथै विद्यार्थीहरुलाई आफ्नो सीप र क्षमता विकास गरेर दक्ष जनशक्तिको उपमा विकसित हुन र सफल बन्न TRTI College, Nepalgunj ले सहयोग गर्ने प्रतिबद्धता समेत गर्नु भएको थियो।
    विश्वका विभिन्न मुलुकहरुमा गएर AI लगायत अन्य विषयहरु अध्ययन गर्न ईच्छुक विद्यार्थीहरुलाई सहयोग तथा परामर्ष प्रदान गर्न सँधै तत्पर रहेको नेपालगन्ज स्थित Kings Educational Consultancy ले जानकारी गराउँदै सो कार्यक्रमलाई प्रोत्साहन गर्नु भएको छ।
    कार्यक्रमको प्रयोगात्मक सत्रमा आव्श्यक पर्ने भरपर्दो र गुणस्तरीय ईन्टरनेट सेवा प्रवाह गर्न Worldlink Communications ले आफ्नो उत्कृष्ट इन्टरनेट सेवा प्रवाह गरेको थियो। छिटो भनेकै Worldlink भन्ने आफ्नो नारालाई साकार गर्दै द्रुत ईन्टरनेट सेवा प्रवाह गरी सहभागी विद्यार्थीहरुको सिकाई प्रक्रियालाई गुणस्तरीय बनाउन Worldlink Communications ले सहयोग गरेको थियो।

  • २५ फाल्गुन २०८१, आईतवार ११:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित