नेपालगन्ज फागुन २६ । लायन्स तथा लियो क्लब अफ नेपालगञ्ज खजुराको आयोजनामा “Gen Z A.I. Connect v0.1” नामक Artificial Intelligence (AI) सम्बन्धी तालिम सम्पन्न भएको छ। यस तालिममा खजुरा गाउँपालिकाको मुख्य सहकार्य रहेको थियो भने नेपालगञ्ज क्षेत्रकै एक प्रतिष्ठित शैक्षिक संस्था Nepalgunj Campus of Management and Technology (NCMT) को प्रमुख सौजन्यतामा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो।
कार्यक्रममा खजुरा गाउँपालिकाका +२ तहमा अध्ययनरत विद्यार्थीहरूलाई Artificial Intelligence (AI) सम्बन्धी आधारभूत अवधारणा, यसको दैनिक जीवनमा उपयोग, देखापर्न सक्ने सम्भावित चुनौतीहरू, तिनीहरूको समाधानका उपायहरू तथा AI को सदुपयोग गर्ने तरिका सम्बन्धी महत्वपूर्ण प्रशिक्षण प्रदान गरिएको थियो। यस तालिममा Nepalgunj Campus of Management and Technology (NCMT) का Academic Coordinator तथा Brilliant IT Solutions (BITS) का सञ्चालक श्री अङ्कित श्रीवास्तव ज्यू प्रमुख प्रशिक्षक रहनु भयो। उहाँले AI को सम्भावनाहरू, भविष्यमुखी करियर, उद्योग र व्यावसायिक क्षेत्रमा यसको उपयोगिता लगायतका विषयमा विस्तृत र व्यावहारिक प्रशिक्षण दिनु भयो।
Nepalgunj Campus of Management and Technology (NCMT) नेपालगञ्ज तथा सिंगो मधेश क्षेत्रमा गुणस्तरीय प्राविधिक शिक्षा प्रवाह गर्ने एक प्रमुख शैक्षिक संस्था हो। BCA र B.Sc CSIT जस्ता प्राविधिक उच्च शिक्षाका कोर्सहरू प्रदान गर्दै आएको यस संस्थाले मध्य तथा सुदूरपश्चिम क्षेत्रका विद्यार्थीहरूलाई आधुनिक प्रविधिमा दक्ष बनाउँदै आएको छ।
यस तालिमलाई NCMT ले विशेष प्राथमिकता दिएको हुँदा कार्यक्रम अत्यन्त प्रभावकारी, व्यावहारिक र उपलब्धीमुलक हुन सफल भयो। NCMT ले खजुराका विद्यार्थीहरूलाई प्रोत्साहन गर्दै, उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रविधिसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउन यो तालिममा विशेष भूमिका निर्वाह गर्यो। NCMT ले भविष्यमा समेत यस्ता प्रविधिमैत्री तालिमहरू आयोजना गर्न प्रतिबद्धता जनाएको छ।
खजुरा गाउँपालिकाका अध्यक्ष श्री डम्बर बहादुर वि.क. ज्यूले AI को वर्तमान युगमा खजुराका विद्यार्थीहरूलाई यसको ज्ञान प्रदान गर्न सफल यो तालिम स्मार्ट गाउँपालिकाको परिकल्पनातर्फ एक महत्वपूर्ण कदम रहेको बताउनु भयो। उहाँका अनुसार, AI को प्रभावकारी प्रयोग गरी खजुराका युवा वर्गले भविष्य निर्माण गर्न सक्छन् र गाउँपालिकालाई प्रविधिमैत्री बनाउन सकिन्छ।
त्यस्तै, Nepalgunj Campus of Management and Technology (NCMT) का प्रतिनिधिहरूले खजुराका विद्यार्थीहरूलाई गुणस्तरीय प्रविधि शिक्षामा जोड दिँदै, BCA तथा B.Sc CSIT अध्ययनमा उनीहरूलाई उचित मार्गदर्शन र छात्रवृत्ति प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस तालिमले खजुराका विद्यार्थीहरूलाई प्रविधिमैत्री बनाउन मात्र नभई, उनीहरूलाई भविष्यमा दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। Nepalgunj Campus of Management and Technology (NCMT) को अग्रसरता, सहभागिता र योगदानले खजुराका विद्यार्थीहरूका लागि यो तालिम एतिहासिक एवं प्रेरणादायी बन्न सफल भएको छ।
Nepalgunj Campus of Management and Technology (NCMT) ले भविष्यमा पनि यस्ता प्रविधि-केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्दै नेपालगञ्ज तथा आसपासका विद्यार्थीहरूलाई डिजिटल युगसँग कदमताल मिलाउन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।