मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

महेन्द्र पुस्तकालयले बाँकेमा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार प्रदान
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, ३ चैत्र। महेन्द्र पुस्तकालय नेपालगन्जले बाँकेमा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार प्रदान गरेको छ । पुरस्कारको राशी नगद २१ हजार रहेको छ । डा. कृष्ण जङ्ग राणाद्वारा स्थापित शान्ता राणा शैक्षिक पुरस्कार त्रिभुवन नमुना मावि कोहलपुरकी छात्रा श्री संगिता कटुवाललाई प्रदान गरिएको हो । जिल्लाका सामुुदायिक विद्यालयहरुका कक्षा १२ का छात्राहरुमध्ये सबै भन्दा उत्कृष्ट अंक ३.५८ जीपीए प्राप्त गरेकी कटुवाललाई पुरस्कार प्रदान गरिएको हो ।

    पुस्तकालयका अध्यक्ष बलराम यादवको अध्यक्षता तथा नेपालगंज उप–महानगरपालिकाका कार्यवाहक प्रमुख श्री कमरुद्दीन राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीसमेतको सहभागिता रहेको पुरस्कार वितरण कार्यक्रममा पूर्व प्रधानाध्यापक विष्णुमान श्रेष्ठ, प्राज्ञ शशीराम कार्की, नरेन्द्र जंग पीटर लगायतको सहभागिता थियो ।
  • ३ चैत्र २०८१, आईतवार १८:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित