मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

१८१ जना सहकारी सदस्यहरूले बैजनाथमा रक्दान
  • मार्गरेखा संवाददाता

  • काेहलपुर चैत्र ११  । बाँकेको बैजनाथ गाउँपालिका वडा नं. २ डिगियामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बैजनाथमा रहेका करीब ३२ सहकारीका सदस्यहरुले  १८१ जनाले रक्तदान गरेका छन ।

    ६८ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा बाँके जिल्लामा रहेका ८ वटा बिषयगत संघ संगठन र बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा डिगियास्थित नौबस्ता साना किसान सहकारी संस्था लि। को कार्यकक्षमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा १ सय ८१ पिन्ट रगत संकलन भएको नेपाल रेडक्रस सोसाईटी कोहलपुरका प्रमुख राजेन्द्र महतराले जानकारी दिएका छन ।

    जिल्ला सहकारी संघ, जिल्ला ऋण तथा वचत सहकारी संघ, बहुउद्देश्यीय जिल्ला सहकारी संघ, जिल्ला कृषि सहकारी संघ, जिल्ला सामाजिक उद्यमी महिला सहकारी संघ, राष्ट्रिय सहकारी बैंक लि., नेफ्स्कुन सदस्य सेवा केन्द्र बाँके र बाँके जिल्ला स्थित सम्पुर्ण प्रारम्भिक सहकारीहरु आयोजक रहेको मुल आयोजक समितिले जिल्ला भरि नै विविध कार्यक्रम गर्ने क्रममा आज बैजनाथ २ लाई केन्द्र बनाई रक्तदान कार्यक्रमको आयोजना गरेको जनाईएकाे छ ।

  • ११ चैत्र २०८१, सोमबार १८:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित