मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

३० युनिटसम्म विद्युत् प्रयोग गर्ने गरिब जनतालाई विद्युत्‌को सेवा शुल्कमा ५० प्रतिशत छुट
  • मार्गरेखा संवाददाता

  • नेपाल विद्युत् प्राधिकरणले ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने गरिब जनतालाई विद्युतको सेवा शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ ।

    मंगलवार बसेको विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।

    अहिले २० युनिटसम्म विद्युत् प्रयोग गर्ने जनताले सेवाशुल्कबापत मासिक ३० रुपैयाँ तिर्नुपर्छ । त्यसमा प्राधिकरणले ५० प्रतिशत छुट दिने निर्णय गरी त्यसको स्वीकृतिका लागि विद्युत् नियमन आयोगमा सिफारिस गर्ने निर्णय भएको छ ।

    नियमन आयोगले स्वीकृति दिएपछि यो दर लागू हुनेछ ।

  • १३ चैत्र २०८१, बुधबार १९:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित