मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

रवीन्द्र र धवलशमशेरविरुद्ध कर्तव्य ज्यान उद्योगसहित पाँच कसूरमा अनुसन्धान अगाडि बढाइने
  • मार्गरेखा संवाददाता

  • राजावादीको प्रदर्शनले उग्र रूप लिएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित पाँच जनाविरुद्ध लुटपाट, आगजनी, तोडफोड र ज्यान मार्ने उद्योग ‍कसूरमा अनुसन्धान अगाडि बढाइने भएको छ । प्रहरी नियन्त्रणमा रहेका मिश्र र राणासहित स्वागत नेपाल, सन्तोष तामाङलगायत पाँच जनाविरुद्ध लुटपाट, आगजनी, तोडफोड र ज्यान मार्ने उद्योगलगायत पाँच कसूरमा अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले  जानकारी दिए छन

    उनका अनुसार आज बिदा भएकोले उनीहरू प्रहरी हिरासतमै रहनेछन् । आइतबार कार्यालय खुलेपछि माथि उल्लेखित अभियोगमा म्याद थपगरी अनुसन्धान अगाडि बढाइने छ ।

    प्रहरीले उनीहरू पाँचै जनालाई गएराति पक्राउ गरेको थियो । उनीहरूसँगै थप केही प्रदर्शनकारी पनि पक्राउ परेका छन् ।

    यस्तै, प्रहरीले नवराज सुवेदीलाई पनि घरमै नजरबन्द गरेको छ । राजावादीको  ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक हुन् ।

    राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त संघर्ष समितिका जनकमान्डर भनिएका दुर्गा प्रसाईं भने फरार भएका छन् । शुक्रवार दिउँसो काठमाडौँको तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनपछि उनी फरार भएका हुन् ।

    आन्दोलन भड्काउने मुख्य योजनाकारको रूपमा प्रसाईंको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    ।  साभार लाेकान्तर डटकम बाट

  • १६ चैत्र २०८१, शनिबार १०:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित