नेपालगन्ज १७ चैत । पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार तथा सञ्चारकर्मी सुरेश रजक मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाहीको माग गर्दै बाँकेका पत्रकारहरूले कार्यक्षेत्रमा कालाे पट्टी बाधेर बिराेध गरेका छन ।
नेपाल पत्रकार महासंघ बाँके शाखा नेपालगन्जमा आईतवार कार्य क्षेत्रमा जानू भन्दा पहिले भेला भई पाखुरामा कालाे पट्टी बाधेर आ आफ्नो कार्य क्षेत्रमा गएका छन ।