मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जरिवाना पत्र निर्मलनिवासले बुझ्न नमानेपछि हुलाकबाट पठाइयाे
  • मार्गरेखा संवाददाता

  • महानगरका नगरप्रहरी उपरीक्षक दिनेश अर्यालले हुलाकबाट जरिवानापत्र पठाइएको बताए । “आज नगरप्रहरी टोली जरिवानापत्र लिएर निर्मलनिवास पुगेको थियो । तर, जरिवानापत्र बुझ्न मानेन । भर्खरै हुलाकमार्फत पत्र पठाइसकेकाे जनाए ।

    आइतबार (चैत १७) बिहान महानगरको नगरप्रहरी टोली उक्त पत्र लिएर निर्मलनिवास गेटमा पुगेको थियो । महानगरले विभिन्न नौ शीर्षकमा आठ पत्र काट्दै पूर्वराजा शाहलाई सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

    शुक्रबार (चैत १५) राजावादीको प्रदर्शनक्रममा कोटेश्वर, महादेवस्थान, तीनकुने, जडीबुटी क्षेत्र, सिनामंगल सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेको भन्दै एक/एक लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

    यस्तै, महानगरको दमकल फुटाएकामा एक लाख ३० हजार, तीनकुने क्षेत्रको रुखबिरुवा र रेलिङ तोडफोड गरेकामा ४० हजार, तीनकुनेकै आइल्यान्ड तोडफोड गरेकामा २३ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

    शुक्रबार तीनकुनेमा राजावादीको प्रदर्शनक्रममा महानगरको दमकल तोडफोड गरिँदा आगो निभाउन गएका पाँच नगरप्रहरी घाइते भएका थिए ।

    प्रदर्शनक्रममा दुईजनाको मृत्यु भयो । तीनकुने क्षेत्रका अधिकांश भौतिक संरचनामा क्षति पुगेको थियो ।

  • १७ चैत्र २०८१, आईतवार १२:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित