नेपाली कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्काले पाएका छन् ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको हो ।सभापति शेरबहादुर देउवा विदेश गएकाले उनी नफर्कने बेलासम्मका लागि खड्कालाई कार्यबाहक सभापति तोकिएको उनले बताए ।