मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मुलुकमा केहि भएन भन्ने भाष्यलाई चिर्दै पत्रकारिता क्षेत्रले सकारात्मक बाटोमा डाेहाेर्याउनुपर्छ : राष्ट्रपति पौडेल
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता क्षेत्रले मुलुकमा केहि भएन भन्ने भाष्यलाई चिर्दै केहि भइरहेको छ भन्ने बाटोमा डाेहाेर्याउनुपर्ने बताउनुभएको छ । नेपाल रिपब्लिक मिडियाले शनिबार काठमाडौमा आयोजना गरेको १६ औं नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो–‘पत्रकारिता क्षेत्रको काम भनेको केही भएन मात्र भन्ने होइन, केही भइरहेको छ भन्ने देखाइदिने पनि हो । यसरी काम गर्न सकिन्छ भनेर उदाहरण दिने पनि हो । यो कार्यक्रम त्यसैतर्फ केन्द्रित रहेकोमा मलाई खुशी लागेको छ ।’ उहाँले वर्तमान समयमा लोकप्रियतावाद हावी भएको भन्दै प्रशंसा मात्र खोज्ने प्रवृत्ति बढ्यो भने सत्य थाहा नहुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘वर्तमान समयमा लोकप्रियतावाद हावी भएको छ । प्रशंसा मात्र खोज्ने प्रवृत्ति बढ्यो भने सत्य थाहा हुँदैन । त्यसैले सजग प्रेसले सदैव सही सत्य सूचना प्रवाह गर्छ र त्यसले लोकतन्त्रका नागरिकको आलोचनात्मक चेतलाई विस्तारित गर्न सक्छ ।’
    राष्ट्रपति पौडेलले बिपी कोइरालाले आफू प्रधानमन्त्री भएका बेला त्यसबेलाका पत्रकारहरूलाई बोलाएर पत्रिका निकाल्न र सरकारकोनिरन्तर खबरदारी गर्न गरेको आग्रह स्मरण गर्दै लोकतन्त्रसँंग स्वतन्त्र प्रेसको यही अन्योन्याश्रीत सम्बन्धका कारण बीपीले सो आग्रह गरेको बताउनुभयो । उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको योगदानलाई कसैले कम आँक्न नसक्ने भन्दै लोकतन्त्रका निम्ति नेपाली पत्रकारहरूले आफ्नो जीवन र जीविकाको समेत पर्वाह नगरी काम गरेको उल्लेख गर्नुभयो ।
    जसरी लोकतन्त्र विना स्वतन्त्र, निश्पक्ष र तटस्थ पत्रकारिता सम्भव छैन त्यसरी नै स्वतन्त्र प्रेस विना लोकतन्त्रको परिकल्पना पनि गर्न नसकिने राष्ट्रपति पौडेलको भनाई थियो ।
    उहाँले सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा उल्लेखनीय परिवर्तन
    आएको उल्लेख गर्दै प्रविधिको विकाससँगै सामाजिक सञ्जाल र प्रसारणका अनेक माध्यम भित्रिएका कारण नागरिक पत्रकारिताको पक्ष
    पनि उत्तिकै सबल बनेको बताउनुभयो ।
    उहाँले प्रविधिको दूरुपयोग गरेर भ्रम, मिथ्या एवम् संशयपूर्ण सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराबाट जोगाउनु जिम्मेवार आमसञ्चार माध्यमको दायित्व भएको बताउनुभयो । कार्यक्रममा नन्दादेवी कुँवर, धनश्याम पाठक, पूजा महत्ताेलाई नागरिक सम्ममन प्रदान गरिएकाे थियाे ।

  • १३ बैशाख २०८२, शनिबार १८:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित