मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कञ्चनपुरमा चट्याङ लागेर गर्भवती महिलाको मृत्यु, श्रीमान घाइते
  • मार्गरेखा संवाददाता

  • चट्याङ् लागेर आइतबार बिहान एक गर्भवती महिलाको मृत्यु भएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ की २४ वर्षीया लालमती रानाको मृत्यु भएको हो ।

    बारीमा तरबुज टिप्न गएको बेला चट्याङ लागेर उहाँको घटनास्थलमै ज्यान गएको वडा अध्यक्ष नवलसिंह रानाले जानकारी दिनुभयो । मृतककी श्रीमान २५ वर्षीय रतनसिंह राना भने घाइते हुनुभएको छ । घाइतेलाई उपचारका लागि धनगढीतर्फ पठाइएको वडा अध्यक्षले बताउनुभयो ।

    उहाँका अनुसार बारीमा श्रीमान श्रीमती दुवै जना तरबुज टिप्न जानुभएको थियो । त्यहि बेला हावाहुरीसहित पानी र चट्याङ परेको थियो । घटनास्थलमा प्रहरी पुगिसकेको वडा अध्यक्ष रानाले जानकारी दिनुभएको छ ।

  • २१ बैशाख २०८२, आईतवार १२:५२ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित