मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाल पत्रकार महासंघका पुर्वकेन्दिय सदस्य माेहम्द हारूण नेपाल मुस्लिम इत्तेहाद संगठनको अध्यक्षमा निर्बाचित
  • मार्गरेखा संवाददाता

  • नेपालगन्जमा सम्पन्न भएको नेपाल मुस्लिम इत्तेहाद संगठनको सातौं राष्ट्रिय महाधिवेशनले बाँकेका मोहम्मद हारुन हलवाईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

    हलवाईको अध्यक्षतामा सर्वसम्मतरुपमा निर्वाचित भएको सङ्गठनको नयाँ कार्यसमितिको उपाध्यक्षमा तैयब हुसैन, महिला उपाध्यक्षमा सजिदा सिद्दिकी र महासचिवमा राज मोहम्मद अन्सारीलाई चयन गरिएको छ । सोही प्रकारले उपमहासचिवमा जबुल मियाँ र सचिवहरुमा अब्दुल करिम खान, सुलेमान मियाँ, हलिम खान र रियासत अलिसहित केन्द्रीय सदस्यहरु गरेर ६५ सदस्यीय समितिको चयन गरिएको मुस्लिम इत्तेहाद सङ्गठनले जनाएको छ ।

    केन्द्रीय सल्लाहकार परिषदको अध्यक्षमा पूर्व अध्यक्ष तथा सांसद सेराज अहमद फारुकीलाई चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।

    देशभरिबाट ६०० बढी मुस्लिम प्रतिनिधि र पर्यवेक्षकहरुको सहभागिता रहेको सो सम्मेलनले नयाँ कार्य समिति निर्वाचन गर्नुका साथै विभिन्न अन्य निर्णयहरु पनि गरेको र ती निर्णय पत्रकार सम्मेलन गरेर जानकारी गराइने छ ।

  • २२ बैशाख २०८२, सोमबार ११:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित