मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियाको  चेपाङमा २२ किलो लागुऔषध (अफिम) सहित दुई जनालाई प्रहरीले पक्राउ
  • मार्गरेखा संवाददाता

  • बर्दियाको  चेपाङमा २२ किलो लागुऔषध (अफिम) सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुको साथबाट उक्त परिमाणको लागुऔषध फेला परेको प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालले जनाकारी दिए।

    पक्राउ पर्नेमा जाजरकोट, नलगाड नगरपालिकाका ३७ वर्षीय भक्तबहादुर शाही र चितवन, राप्ती नगरपालिकाका २७ वर्षीय कुमार वाइबा छन्।

    प्रहरी नायब उपरीक्षक डमरपालका अनुसार शंकास्पद अवस्थामा देखिएपछि खानतलासी गर्दा भित्री झोलामा पोका बनाएर राखिएको अवस्थामा अफिम फेला परेको थियो। शाहीले मोटरसाइकल चलाएका थिए भने वाइबा पछाडि सवार थिए।

    अदालतबाट म्याद थपको अनुमति लिएर प्रहरीले सोमबार दुवैलाई सार्वजनिक गरेको छ। अनुसन्धान जारी रहेको डमरपालले बताए।

  • २२ बैशाख २०८२, सोमबार १९:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित