मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

वर्तमान गठबन्धन सरकार चल्न नसकेको भन्दै राष्ट्रिय सहमतिको सरकारको आवश्यकता नेपाली कांग्रेसका सांसद संजय कुमार गाैतम
  • मार्गरेखा संवाददाता

  • नेपाली कांग्रेसका सांसद संजय कुमार गाैतमले  वर्तमान गठबन्धन सरकार चल्न नसकेको भन्दै राष्ट्रिय सहमतिको सरकारको आवश्यकता देखिएको बताएका छन् ।

    प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद सञ्जयकुमार गौतमले मुलुकलाई अघि बढाउन केही समय राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका हुन् ।

    सांसद गौतमले शीर्ष नेताहरूलाई राष्ट्रिय सहमतिको पहल गर्न आग्रह गरे । राष्ट्रिय सहमति कायम गरेर केही निश्चित दूरी सँगै नहिँडे प्राप्त उपलब्धिहरू संकटमा पर्न सक्ने उनको भनाइ छ ।

    म शीर्षस्थ नेताहरुलाई राष्ट्रिय सहमति निर्माण गर्न आग्रह गर्छु । टाउको जोड्न आग्रह गर्छु । मुलुकले एउटा राष्ट्रिय सहमति निर्माण गर्नु पर्ने आवश्यकता म देख्छु,’ उनले भने, ‘राष्ट्रिय सहमति निर्माण गरेर अगाडि बढ्न सक्यौं, संविधान संशोधन गर्न सक्यौं, जनतामा आशा र भरोसा प्रदान गर्न सक्यौं र मुलुकलाई निश्चित दूरीसम्म संँगै हिंडाउन सक्यौं भने मात्रै हामी एक ठाउँमा पुगौंला । अन्यथा, हामीले ल्याएको गणतन्त्र, संघीयता, तीन तहका सरकार जोखिममा पर्ने अवस्था छ । जनता साह्रै निराश छन् ।’

    उनले वर्तमान सरकारले पनि जनतामा आशा र भरोसा जगाउन नसकेको बताए । ‘सरकार हाम्रो छ । कांग्रेस र एमाले मिलेर बनेको सरकार छ । तर, एउटा सांसदका रूपमा हेर्दा पनि सरकार सरकारजसरी चलिरहेको छैन । जनतामा आशा र भरोसा जगाउन सकिरहेको छैन ।’

  • ४ जेष्ठ २०८२, आईतवार १४:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित