मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

गाउँपालिका उपाध्यक्षले ‘मानमर्दन’ गरेको भन्दै बैजनाथका कर्मचारीको निन्दा
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज जेठ ८ ।  बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले कर्मचारीको ‘मानमर्दन’ घटाउने र नभएका आरोप लगाइएको भन्दै कर्मचारीले निन्दा गरेका छन् । गाउँपालिकामा बिहीबार बसेको कर्मचारीहरुको बैठकले यस्तो निन्दा गरेका हुन् । कर्मचारी समयमा कार्यालयमा नआएको भन्दै उपाध्यक्ष रोकायले बुधबार गाउँपालिकाको मुखगेटमा भित्रबाट ताला लगाएकी थिइन् ।

    ‘बिना आधार कर्मचारी माथी गरिएको र लगाइएको आरोपका बिरोधका कार्यक्रम हुन सक्ने भएकाले हामी माथी लगाइएका आरोपका विषयमा छलफल गराई पाउँ भनि निवेदन पेश गर्दछौं,’ कर्मचारीले जारी गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ । उपाध्यक्ष रोकायले विगत केहीदिन देखी सामाजिक सञ्जालमा कर्मचारीहरुका विषयमा आपत्तिजनक शब्दहरु प्रयोग गरेको कर्मचारीको आरोप छ ।

    Baijanath-Karmachari-Bigepti-1747929352.jpg
    Baijanath-Karmachari-Bigepti-2-1747929351.jpg

  • ७ जेष्ठ २०८२, बुधबार २१:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित