मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली कांग्रेसकाे पदाधिकारी बैठकमा उठ्यो गृहमन्त्रीको राजीनामा माग्ने नेतालाई स्पष्टीकरण सोध्नुपर्ने माग
  • मार्गरेखा संवाददाता

  • सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक समेत मुछिएको विषयमा छलफल भएको थियो । गृहमन्त्री लेखकले उक्त प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी नेताहरूलाई सुनाएका थिए ।

    बैठकमा बोल्ने क्रममा नेताहरूले पार्टी भित्रैबाट गृहमन्त्री लेखकको राजीनामा मागिएकोप्रति आपत्ति जनाएका थिए । नेता डा. शशांक कोइरालाले राजीनामा माग्ने नेताहरूलाई स्पष्टीकरण सोध्नुपर्ने धारणा आएको बैठकपछि पत्रकारलाई जानकारी दिए ।

    कांग्रेस पदाधिकारी बैठकले गृहमन्त्री लेखक निर्दोष रहेको निचोड निकालेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

  • १२ जेष्ठ २०८२, सोमबार १२:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित