मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस भव्य रूपमा मनाउने
  • मार्गरेखा संवाददाता

  • दाङ-लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस २०८२ भव्य रूपमा मनाउने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मूल समारोह समिति गठन गरेर दिवसलाई तीन दिन विभिन्न कार्यक्रमको आयोजना गरेर भव्य रूपमा मनाउने निर्णय गरिएको हो ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसलाई जेठ १४, १५ र १६ गते तीन दिन विभिन्न कार्यक्रममार्फत मनाउने निर्णय गरेको छ ।

    संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा सहित प्राप्त उपलब्धिहरूलाई जनस्तरमा पु¥याउने गरी दिवसलाई रचनात्मक रूपमा मनाउन थालिएको हो ।

    बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लामो संघर्ष र बलिदानीबाट प्राप्त गणतन्त्रको रक्षाका लागि सबै एक ठाउँमा उभिनु आवश्यक रहेको बताउनुभयो ।

    `नेपाली जनताको संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र हो । गणतन्त्र दिवसलाई भव्य रूपमा मनाउने दायित्व र जिम्मेवारी तपाईं हाम्रो सबैको हो´ उहाँले भन्नुभयो`गणतन्त्र र उपलब्धिका विरुद्ध केही तत्वहरू सल्बलाउन खोजेका पनि छन् । हामी गम्भीर र संवेदनशील भएर गणतन्त्रले दिएका उपलब्धिको रक्षाका लागि केन्द्रित हुन जरुरी छ ।´

    जेठ १४ गते प्रदेशस्थित सबै सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा फहराउने, कार्यालय परिसरमा सरसफाइ गर्ने कार्यक्रम तय गरिएको छ ।

    जेठ १५ गते मूल समारोहअन्तर्गत जनसहभागितामा झाँकी सहित भव्य रूपमा प्रभातफेरीको आयोजना गरिनेछ । बिहान भालुबाङबाट सुरु हुने करिब पाँच किलोमिटरको प्रभातफेरीपछि प्रदेशसभा परिसरमा शुभकामना आदानप्रदान सहित समापन गरिने छ ।

    जेठ १६ गते दीपावली कार्यक्रम आयोजना गरिने र सञ्चारमाध्यमहरूबाट गणतन्त्र दिवससम्बन्धी अन्तरबार्ता तथा सामाग्री प्रवाह गरिने गरी कार्यक्रम तय गरिएको छ ।

    दाङ-लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस २०८२ भव्य रूपमा मनाउने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मूल समारोह समिति गठन गरेर दिवसलाई तीन दिन विभिन्न कार्यक्रमको आयोजना गरेर भव्य रूपमा मनाउने निर्णय गरिएको हो ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसलाई जेठ १४, १५ र १६ गते तीन दिन विभिन्न कार्यक्रममार्फत मनाउने निर्णय गरेको छ ।

    संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा सहित प्राप्त उपलब्धिहरूलाई जनस्तरमा पु¥याउने गरी दिवसलाई रचनात्मक रूपमा मनाउन थालिएको हो ।

    बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लामो संघर्ष र बलिदानीबाट प्राप्त गणतन्त्रको रक्षाका लागि सबै एक ठाउँमा उभिनु आवश्यक रहेको बताउनुभयो ।

    `नेपाली जनताको संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र हो । गणतन्त्र दिवसलाई भव्य रूपमा मनाउने दायित्व र जिम्मेवारी तपाईं हाम्रो सबैको हो´ उहाँले भन्नुभयो`गणतन्त्र र उपलब्धिका विरुद्ध केही तत्वहरू सल्बलाउन खोजेका पनि छन् । हामी गम्भीर र संवेदनशील भएर गणतन्त्रले दिएका उपलब्धिको रक्षाका लागि केन्द्रित हुन जरुरी छ ।´

    जेठ १४ गते प्रदेशस्थित सबै सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा फहराउने, कार्यालय परिसरमा सरसफाइ गर्ने कार्यक्रम तय गरिएको छ ।

    जेठ १५ गते मूल समारोहअन्तर्गत जनसहभागितामा झाँकी सहित भव्य रूपमा प्रभातफेरीको आयोजना गरिनेछ । बिहान भालुबाङबाट सुरु हुने करिब पाँच किलोमिटरको प्रभातफेरीपछि प्रदेशसभा परिसरमा शुभकामना आदानप्रदान सहित समापन गरिने छ ।

    जेठ १६ गते दीपावली कार्यक्रम आयोजना गरिने र सञ्चारमाध्यमहरूबाट गणतन्त्र दिवससम्बन्धी अन्तरबार्ता तथा सामाग्री प्रवाह गरिने गरी कार्यक्रम तय गरिएको छ ।

  • १२ जेष्ठ २०८२, सोमबार १४:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित