मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

तातो हावाको लहर (लु) को जोखिम न्यूनीकरण गर्न परामर्श गोष्ठी नेपालगन्जमा
  • मार्गरेखा संवाददाता

  • प्रहलाद विश्वकर्मा, नेपालगंज जेष्ठ १३, तातो हावाको लहर (लु) को जोखिम न्यूनीकरण तथा व्यवस्थापन सहित पूर्वकार्यलाई संस्थागत गर्न क्षमता चुनौती र अवसरहरुको आँकलन गर्ने सन्दर्भमा सरोकारवालाहरुको परामर्श गोष्ठी नेपालगंजमा सम्पन्न भएको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा ब्यवस्थापन प्राधिकरणको अगुवाईमा तयार हुनलागेको मार्ग चित्रमा यसअघि कार्यक्रम संचालन गरिएका सहरहरु विराटनगर, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीमा विभिन्न सरोकारवालाहरुसँग अन्तरक्रिया गरी गोष्ठीबाट आएका सुझावहरुलाई समावेश गरिने परामर्शदाता बुद्धि कुमालले बताउनु भयो । स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, उद्योग, व्यवसाय, जीविकोपार्जन, यातायात तथा भौतिक संरचना, जलस्रोत, उर्जा, सिचाई, वन तथा वातावरणको क्षेत्रमा तातो हावा (लु) बाट भएको असर र आगमी दिनमा चाल्नु पर्ने कदमका बारेमा सुझाव लिएका थिए ।

    नेपालगंज सहर र आसपासका बस्तीहरुमा ट्युवेलबाट पानी आउन छोड्दै गरेको, इनार, पोखरी, तालतलैया सुक्दै गएको, बोट विरुवा विनास भैरहेको, जाथाभावी समरसेल बोरिङ्ग जडान भएको, भवन र सड्क वातावरण मैत्री निर्माण नभएको, कृषि उत्पादनमा ह्रास आईरहेको, दिनप्रतिदिन तापक्रम बृद्धि भैरहेको र चिसो घट्दै गएको, मानव स्वास्थ्यमा प्रत्यक्ष असर हुनका साथै मृत्यु समेत भएको तथ्य सरोकारवालाहरुले औल्यएका थिए ।

    नेपालगंज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले विगतका वर्षदेखि नेपालगंजको केही वडाहरुमा नमूनाका रुपमा तातो हावा (लु) लहर जोखिम न्यूनीकरणका गतिविधि संचालन भएको बताउँदै मन्त्रालयबाट प्राप्तहुने बजेट सर्शत हुने भएकाकारण चाहेर पनि लु सम्बन्धी गतिविधिहरु व्यापक गर्न नसकेको उल्लेख गर्नु भयो ।

    नेपालगंज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक समीर प्रताप सिंहले तातो हावाको लहरबाट बच्नका लागि नेपाल रेडक्रस सोसाइटीसंगको सहकार्यमा प्रचार प्रसार, नमूनाका रुपमा जस्तापाताबाट निर्माण भएको घरको छानामा सेतो रंगल पेन्टिङ्ग गरिएको र बसपार्कमा कुलिङ्ग सेन्टर निर्माण कार्य जारी रहेको लगायत गतिविधि संचालन हुँदै आएको बताउनु भयो ।

    अमेरिकन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटीद्वारा नेपालगंज उपमहानगरपालिकाको समन्वयमा कार्यक्रम संचालन भैरहेका छ । गोष्ठी फोरम फर ईनर्जी एण्ड इन्भाईरोमेन्ट डेभलपमेन्ट काठमाण्डौका प्रमुख बुद्धि कुमालले सहजीकरण गर्नु भएको थियो ।

    नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखाका मन्त्री अजीजअहमद सिद्दिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, नेपालगंज उपमहानगरपालिका विपद् शाखा प्रमुख दिपेन्द्र श्रेष्ठ विषयगत सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन नेरेसो बाँके शाखाका उपनिर्देशक दोलखबहादुर डाँगीले गर्नु भएको थियो ।

  • १३ जेष्ठ २०८२, मंगलवार १६:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित