मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

चितुवाले बर्दियामा १ जनाकाे ज्यान लियाे
  • मार्गरेखा संवाददाता

  • बर्दियाको गुलरिया नगरपालिका–५ स्थित बालापुरमा चितुवाको आक्रमणमा परी ६ वर्षिया बालिका सायरा थारुको मृत्यु भएको छ। बुधबार बिहान घरकै शौचालय गएकी बालिकालाई चितुवाले आक्रमण गरेको हो।

    जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक चक्रबहादुर डमरपालले बालिकाको शव बर्दिया अस्पताल गुलरियामा राखिएको जानकारी दिए। पछिल्लो समय बर्दियाको गुलरियामा चितुवा आक्रमण बढ्दै गएको छ।

    यसैबीच चितुवाले ४ जनाभन्दा बढी बालबालिकाको ज्यान लिइसकेको भन्दै चितुवा नियन्त्रण गर्नुपर्ने माग गर्दै बालापुरवासीले जिल्ला प्रशासन कार्यालय बर्दिया अगाडि धर्नासहित चक्काजाम गरेका थिए।

  • १४ जेष्ठ २०८२, बुधबार १८:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित