नेपालगञ्ज, जेठ १४ । जिल्ला प्रहरी कार्यालय बाँकेले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका–८ बाल्मीकि टोलस्थित ए.ए. बस्ने २४ वर्षीय शरिफ कबडियालाई शंका लागेपछि जाँच गर्दा लागूऔषधसहित फेला पारेको प्रहरीले जनाएको छ।
२०७८ साल माघ १३ गते पक्राउ परेका कबडियाको साथबाट सेतो प्लास्टिकमा राखिएको तीन वटा पोका बरामद गरिएको थियो। तौल गर्दा ती पोका कुल २७ ग्राम ४३० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लागूऔषध रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आवश्यक अनुसन्धान एवं कानुनी प्रक्रिया अगाडि बढाइएको छ।