मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सुर्खेत भेरीनदी देखि बर्दियाको दानवातालसम्म सुरूङ मार्गकाे प्रतिनिधि सभा सदस्य हृदयराम थानी माग
  • मार्गरेखा संवाददाता

  • CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90?

    कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई सडक मार्गबाट  छोटो दूरीबाट बर्दिया तथा लुम्बिनी प्रदेशसँग जोड्न माग गरिएको छ। प्रतिनिधि सभा सदस्य हृदयराम थानीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै सुर्खेतको भेरी नदी देखि बर्दियाको ठाकुरबाबा नगरपालिका हुँदै दानवा तालसम्म पुग्ने मार्ग निर्माणका लागि आवश्यक पहल गर्न आग्रह गरेका छन्।

    उनले पत्रमा उल्लेख गरेअनुसार, सो सडक निर्माणले यातायात सुविधा विस्तार हुनुका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्नेछ। त्यसबाट सुर्खेत, बर्दिया र लुम्बिनी प्रदेशका जनताले प्रत्यक्ष लाभ लिन सक्ने उल्लेख गरिएको छ।

    पत्रमा ठाकुरबाबा नगरपालिका वडा नं ९ र १२ स्थित भेरी नदीदेखि दानवा तालसम्म सडक विस्तार गर्ने तथा यातायात सेवा सुचारु गर्न भौतिक पूर्वाधार मन्त्रालयसँग आवश्यक समन्वय मिलाइदिन अनुरोध गरिएको छ।

    प्रतिनिधि सभा सदस्य थानीले यो प्रस्तावले जनताको बहुआयामिक लाभ हुने विश्वास व्यक्त गर्दै मन्त्रालयले चाँडो निर्णय लिने अपेक्षा गरेका छन्।

  • १५ जेष्ठ २०८२, बिहीबार ०९:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित