मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेको जयसपुर नाकाबाट ५ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज जेठ  १६ ।भारतबाट अवैधरुपमा नेपाली भूमिमा प्रवेश गर्ने क्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६ स्थित जयसपुर नाकाबाट दुई जना व्यक्तिहरू भारतीय रुपैयाँसहित पक्राउ परेका छन्।

    भारतको लखनऊ, उत्तर प्रदेशबाट निस्किएको UP 32 LB 6389 नम्बरको सवारी साधनलाई शंका लागी चेकजाँच गर्दा गाडीभित्र भारतीय रुपैयाँ ५०० दरका ६०० थान र २०० दरका १,००० थान गरी जम्मा ५ लाख रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

    बरामद रकम तथा उक्त नम्बरको गाडीसहित दाङ जिल्ला निवासी पुरूष (जन्म वि.सं. २०५१) र साइँली नेपाली नामकी महिला (जन्म वि.सं. २०५६) लाई नियन्त्रणमा लिइएको छ। उनीहरूलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, कोहलपुर, बाँकेमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रवक्ता नायव उपरीक्षक दीपक पाण्डेका अनुसार अनुसन्धान कार्य अगाडि बढाइएको छ।

     

  • १६ जेष्ठ २०८२, शुक्रबार १२:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित