नेपालगन्ज जेठ १८ ।जिल्ला प्रहरी कार्यालय, बाँकेले लागूऔषध (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना नेपालगञ्ज उपमहानगरपालिका–६ रामनगर शिवमन्दिर नजिकका १९ वर्षीय बिक्रम घरूक र डुडुवा गाउपालिका वार्ड न ६ का २० वर्षीय सुनिल खटिक रहेका छन्।
प्रहरीका अनुसार उनीहरूलाई लागूऔषध जस्तो देखिने खैरो रंगको धुलो पदार्थ शुद्ध तौल २७ ग्रामसहित मोटरसाइकलमा सवार अवस्थामा फेला पारिएको हो। प्रारम्भिक अनुसन्धानपछि लागूऔषध ब्राउन सुगर भएको आशंका गरिएको छ।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जनाएको छ। बरामद मोटरसाइकलसहित पदार्थ परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ।
यस घटनासँग सम्बन्धित थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।