मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

काँँग्रेस महामन्त्री गगन थापा जेठ २० मा नेपालगञ्ज आउने
  • मार्गरेखा संवाददाता

  •  

    नेपालगञ्ज । जेेठ १८,  । नेपाली काँग्रेस  क्षेत्र नम्बर २ तथा प्रदेश क्षेत्र ‘क’ र ‘ख’ को संयुक्त आयाेजनामा हुने तेस्रो क्षेत्रीय सम्मेलन उद्घाटन गर्न  नेपाली काँग्रेस  महामन्त्री गगन थापा जेठ २० गते नेपालगञ्ज आउने भएका छन ।

    साे कुरा नेपाली काँग्रेस बाँके क्षेत्र न २ ले नेपालगन्ज आज पत्रकार सम्मेलन गरि जानकारी गराएकाे  छ । क्षेत्रीय सभापति रमेश कुमार गुप्ताले पत्रकार सम्मेलनमा  राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन पनि प्रस्तुत गरिनेछ, सम्मेलनले ‘नवीन कांग्रेस–बलियो कांग्रेस’ अभियानलाई सघाउने विश्वास पनि व्यक्त गर्नुभयो।

    क्षेत्रीय सचिव सुनिल सिंह हमालले सञ्चालन गरेको कार्यक्रममा प्रदेश ‘क’ का सभापति ज्ञानेन्द्र चौधरी, ‘ख’ का सभापति जितेन्द्र हमाल, क्षेत्रीय सचिव प्रदिप साहु, नेताहरू सुरेन्द्र बहादुर हमाल, लक्ष्मी नारायण शाह, निजामुद्दीन अन्सारी, बदरुद्दीन अन्सारी र जगत नारायण चौधरी, सुफियान खान पठान लगायतको उपस्थिति रहेको थियो।

    सम्मेलन नेपालगञ्ज–१२ स्थित लिला प्यालेसमा बिहान १० बजे हुने जानकारीका साथै सम्मेलनमा उपस्थिति हुन सबैलाई क्षेत्रीय सभापति गुप्ताले आह्वान समेत गरेका छन् ।

  • १८ जेष्ठ २०८२, आईतवार १९:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित