नेपालगञ्ज जेठ १९ । जिल्ला प्रहरी बाँकेले नेपालगञ्जस्थित उ.म.न.पा. १५ जमुनाह नाका हुँदै भारतबाट नेपाल प्रवेश गर्ने क्रममा एक युवक लागू औषधसहित पक्राउ परेका छन्।
प्रहरीका अनुसार बाँके जिल्ला, बैजनाथ गाउँपालिका–५ निवासी २५ वर्षीय रियाजुद्दिन हलवाई भारतबाट नेपाल फर्किंदै गर्दा चेकजाँचको क्रममा उनको साथबाट लागू औषध फेला परेको हो।
प्रहरीको शंका लागेपछि चेकजाँच गर्दा ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ४ ग्राम ७०० मिलिग्राम र १०० एमएलको ३ बोतल कोडिन युक्त सिरप फेला परेको जनाइएको छ।
पक्राउ परेका रियाजुद्दिनलाई लागू औषध सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।