नेपालगन्ज जेठ २० । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली काँग्रेसको मिशन ८४ नभएको बताउदै काँग्रेसको मिशन रोजगारी भएको बताएका छन ।
सो कुरा नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर २ को तेस्रो क्षेत्रिय सम्मेलनको नेपालगन्ज मंगलबार उद्घाटन गदै बताएका हुन ।
महामन्त्री थापाले नेपाली काँग्रेस को सभापति चयन गर्ने अधिकार कृयाशिल सदस्यहरूलाई जुन दिन अधिकार प्राप्त हुने दिन देखि नेपाली काँग्रेसमा रहेको गुट समाप्त हुने बताए ।
महामन्त्री गगन थापाले नेपालको निर्वाचन प्रणालीले देश समाप्त हुने भएकोले निर्वाचन प्रणाली परिवर्तन संविधान सम्सोधन गर्नु पर्ने बताए ।
महामन्त्री थापाले बर्तमान अवस्था नेपाली समाजमा रहेको उकुसमुकुसलाई नेपालबाट बाहिर निकाल्ने दायित्व नेपाली काँग्रेस रहेको बताए ।
महामन्त्री थापाले भ्रष्टाचार नेपालको महारोग रहेको बताउदै भ्रष्टाचारी जो कोहि भएपनि सजाय दिनु पर्ने बताए ।
महामन्त्री थापाले नेपाली काँग्रेस आस्थाको घर हो यो घरमा सबैको बराबर हक रहेको बताउदै घरको ताकत गाउँ गाउँमा रहेका कार्यक्रता रहेको बताए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्यद्वय मधु आर्चाय, मैकुलाल वाल्मीकि, नेपाली काँग्रेस लुम्बिनी प्रदेशका अध्यक्ष अमर बहादुर पुन नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल,लगायतका बक्ताहरूले नेपाली काँग्रेसले आगामी निर्वाचनमा कुन दल समूह संग गठबन्धन गर्नु हुदैन र काठमाडौ मा देखिएको जुलुस धर्ना भन्दा सयौ गुणाले नेपालको गणतन्त्रको बलियो बताउदै देशमा रहेको भ्रष्टाचार लाई समाप्त पार्न भ्रष्टाचारीहरूलाई समाप्त पार्ने अभियानमा प्रत्येक नागरिक लाग्नु पर्ने बताए ।
तेस्रो क्षेत्रिय सम्मेलन नेपाली काँग्रेस बाँके क्षेत्रिय सभापति रमेश गुप्ताको सभापतित्वमा सम्पन्न भएको थियो ।