मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
  • मार्गरेखा संवाददाता

  • आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९८२ को अगस्ट १९ मा प्यालेस्टाइनसम्बन्धी आपतकालीन विशेष अधिवेशनमा इजराइलको आक्रमणका कारण प्यालेस्टाइन र लेबनानका बालबालिकामाथि परेको हिंसाबाट स्तब्ध हुँदै यस दिवस मनाउने निर्णय गरेको हो।

    यस दिवसको उद्देश्य संसारभर बालबालिकाले भोग्नुपरेको शारीरिक, मानसिक तथा भावनात्मक पीडालाई सम्बोधन गर्नु र तिनीहरूको संरक्षण सुनिश्चित गर्नु हो । बाल अधिकारसम्बन्धी महासन्धिको मार्गदर्शनमा संयुक्त राष्ट्रसङ्घले बालबालिकाको अधिकारको रक्षा गर्न प्रतिबद्धता जनाउँदै आएको छ ।

    आज पनि विश्वका कैयौं बालबालिका द्वन्द्व, चरमपन्थी हिंसा, शोषण र दण्डहीनताबाट प्रभावित छन् । सन् २०१५ मा पारित २०३० का लागि दिगो विकास एजेन्डाले बालबालिकाको सुरक्षाका लागि स्पष्ट लक्ष्य तय गरेको छ । लक्ष्य १६।२ अन्तर्गत सबै प्रकारका हिंसा अन्त्य गर्ने, शोषण, उपेक्षा र दुर्व्यवहारविरुद्ध कठोर कदम चाल्ने योजना समेटिएको छ

  • २१ जेष्ठ २०८२, बुधबार १०:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित