विश्व वतावरण दिवस नेपालगन्जमा साईकिलकाे प्रभात फेरि गरि मनाइयाे
मार्गरेखा संवाददाता
नेपालगन्ज जेठ २२ । आज जुन ५ अर्थात् विश्व वतावरण दिवस नेपालगन्ज साईकिलिङ क्लव आयाेजना र डिभिजन बन कार्यालय नेपालगन्ज काे सहयोगमा ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ नेपालगन्जमा साइकिलिङकाे प्रभात फेरीकाे गरि बिश्व वातावरण मनाईएकाे छ । प्रभात फेरी डिभिजन बन कार्यालय नेपालगन्जबाट सुरू भएकाे प्रभात फेरीले गणेशमान चाैक, बिपि चाैक, धम्बाेजि चाैक , न्युरोड ,त्रिभुवन चाैक हुदै नेपालगन्ज उपमहानगरपालिका काे गेटमा आई सम्पन्न भएकाे थियाे । प्रभात फेरीमा नेपालगन्जका करिव ५ दर्जन साईकिलिष्टकाे सहभागीता रहेकाे थियाे ।