मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बिश्व बाताबरण दिवसको अवसरमा कोहलपुरमा सरसफाई हिरो सम्मान   
  • मार्गरेखा संवाददाता

  •   सामुदायिक स्तरमा रहि कोहलपुर नगरपालिकालाई सरसरफाईयुक्त पालिका बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने एक सरसफाईकर्मीलाई सरसफाई हिरो सम्मान प्रदान गरिएको छ । कोहलपुर नगरपालिका वडा नम्वर ८ की चन्द्रकला बि.क.लाई सो सम्मान प्रदान गरिएको हो । बिश्व बाताबरण दिवसको अवसरमा कोहलपुर नगरपालिका, बास नेपाल, सम्बर्धन परियोजना लगायतको आयोजनामा सम्पन्न बिशेष कार्यक्रममा नगद रु. ५ हजार सम्मान गरिएको हो ।
    कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्य, लुम्विनी प्रदेशका पूर्बमन्त्री धर्मराज चौधरी, बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह लगायतले सरसफाईकर्मी बि.क.लाई नगद रकमको चेक सहित सम्मान पत्र प्रदान गरेका थिए । बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सरसफाई हिरो सम्मान घोषणा गरेका थिए । बि.क.ले सामुदायिक स्तरमा रहि कोहलपुर नगरपालिकालाई सरसरफाईयुक्त पालिका बनाउनका लागि लामो समय देखि ईमान्दारितापूर्बक उच्च प्रतिबद्धताका साथ अनुकरणिय तथा नविनतम योगदान दिदै आएकि छन् । तीन बर्ष देखि ज्यालादारीमा कोहलपुर नगरपालिकामा कार्यरत बि.क.ले १५ वटै वडामा काम गर्दै आएकि छन् । २०७२ सालमा रोजगारीको शिलशिलामा भारतमा काममा जाँदा श्रीमान दुर्घटनामा परि हात काट्नु परेकाले जीवन निर्बाह गर्न गाह्रो भएपछि वडा अध्यक्ष लाल बहादुर रानाको सिफारिसमा बि.क.ले नगरपालिकामा काम गर्दै आएकिछन् ।
  • २२ जेष्ठ २०८२, बिहीबार २०:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित