मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सबैभन्दा गरिब जिल्ला सर्लाही, धनी मनाङ उपत्यकाका तीन जिल्ला तथ्यांक अझै नआएकाे
  • मार्गरेखा संवाददाता

  • देशभर १० लाख गरिब परिवार पहिचान भएको पाइएको छ। गरिब परिवार पहिचान गर्न भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले १२ वर्षदेखि गरिब परिवार पहिचान कार्यक्रम सुरु गरेको छ।

    गरिब परिवारमध्येबाट पनि मन्त्रालयले तीन तहमा गरिब परिवारको वर्गीकरण गरेको छ। अति गरिब, गरिब र सामान्य गरिब गरी तीन शीर्षकमा मन्त्रालयले गरिब परिवार पहिचान गरेको छ। तीन तहकै गरिब देशभरि १० लाख परिवारको हाराहारीमा रहेको मन्त्रालयका उच्च कर्मचारीहरूले प्रारम्भिक डेटा तयार गरेका छन्।

    मन्त्रालयका उपसचिव तथा गरिब पहिचान मापदण्ड शाखाका वरिष्ठ तथ्यांक अधिकृत पुष्प जोशीका अनुसार मन्त्रालयले अहिलेसम्म ७७ जिल्लामा गरिब पहिचान कार्यक्रम पूरा गरेको छ। जसमध्ये ६४ जिल्लामा तथ्यांकसमेत विश्लेषण गरिसकेको छ। १० जिल्लाको प्रारम्भिक डेटा आइसकेको छ। उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा मात्र गरिब पहिचान कार्यक्रमको तथ्यांक आउन सकेको छैन।

    ‘पहिचान भएका ६४ जिल्लामा आठ लाख ८६ हजार आठ सय एक परिवार गरिब परिवार भएको पाइएको छ। दश जिल्लाबाट आएको प्रारम्भिक तथ्यांकमा ८० हजार परिवार गरिब पहिचान भएको पाइएको छ,’ जोशीले भने, ‘काठमाडौं, ललितपुर भक्तपुरको हकमा भने गरिब परिवार पहिचान कार्यक्रमको तथ्यांक आउन सकेको छैन।’

    पहिचान भएका ६४ जिल्लामा आठ लाख ८६ हजार आठ सय एक परिवार गरिब परिवार भएको पाइएको छ। दश जिल्लाबाट आएको प्रारम्भिक तथ्यांकमा ८० हजार परिवार गरिब पहिचान भएको पाइएको छ,’ जोशीले भने, ‘काठमाडौं, ललितपुर भक्तपुरको हकमा भने गरिब परिवार पहिचान कार्यक्रमको तथ्यांक आउन सकेको छैन।’

    उनका अनुसार गरिब परिवार पहिचान भएको प्रारम्भिक डेटा प्राप्त भएका १० जिल्लामा इलाम, कास्की, चिवतन, झापा, तेहथुम, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), पर्वत, मोरङ र सुनसरी हुन्।

    मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार गरिब परिवार पहिचान भएका ६४ जिल्ला, प्रारम्भिक तथ्यांक आएका १० जिल्ला र काठमाडौं, ललितपुर र भक्तपुरमा समेत हुन सक्ने सम्भावित गरिब परिवारको संख्या जोड्दा देशभरि १० लाखको हाराहारीमा गरिब परिवार भएको गरिब परिवार पहिचान शाखाका कर्मचारीहरूको अनुमान छ।

    वरिष्ठ तथ्यांक अधिकृत जोशीका अनुसार पहिचान भएको र तथ्यांक विश्लेषणसमेत भइसकेका जिल्लामध्ये सबैभन्दा बढी गरिब परिवार सर्लाही र सबैभन्दा कम गरिब परिवार मनाङमा रहेको पाइएको छ। उनका अनुसार सर्लाहीमा ५० हजार दुई सय ४८ परिवार गरिब भएको पाइएको छ। मनाङमा भने ५९ परिवार मात्र गरिब भएको पाइएको छ। सर्लाहीबाहेक, सुदूर पश्चिमका अधिकांश जिल्लामा गरिब परिवारको संख्या बढी रहेको पाइएको छ।

    बाजुरामा १३ हजार आठ सय १५ परिवार गरिब छन्।यसमध्ये ६ हजार चार सय ९४ परिवार अति गरिब, चार हजार दुई सय ६२ मध्यम गरिब, तथा तीन हजार ५९ परिवार साामान्य गरिब छन्। कालीकोटमा रहेको कुल परिवार संख्या १२ हजार ६ सय ८४ रहेको छ। कुलगरिब परिवारमध्ये पाँच हजार नौ सय ८५ परिवार अति गरिब, तीन हजार नौ सय ५१ परिवार मध्यम गरिब तथादुई हजार सात सय ४८ परिवार सामान्य गरिब छन्।

    मन्त्रालयका अनुसार बझाङमा रहेका कुल परिवारमध्ये सात हजार नौ सय ४४ परिवार अति गरिब, पाँच हजार १३ परिवार मध्यम गरिब तथा तीन हजार पाँच सय एक परिवार सामान्य गरिब रहेको पाइएको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार मुस्ताङ पनि निकै कम गरिब परिवार भएको जिल्ला हो। मुस्ताङमा रहेको कुल परिवार संख्यामध्ये ६ परिवार मात्र अति गरिब रहेको पाइएको छ। यसैगरी १४ परिवार मध्यम गरिब र ३९ परिवार सामान्य गरिब रहेको पाइएको छ।

    मन्त्रालयले गरिब परिवार पहिचान मात्र गरेको छैन, गरिब परिवारलाई गरिब परिवार परिचयपत्र समेत वितरण गर्ने गरेको छ। मन्त्रालयले गरिब पहिचान परिचयपत्र बाँड्दा रातो रङको परिचयपत्र अति गरिब, पहेँलो रङको परिचयपत्र मध्यम गरिब तथा निलो रङको परिचयपत्र सामान्य गरिब परिवारलाई बाड्ने गरेको छ।

    २०७५ देखि २०७८ सालसम्म मात्रै झन्डै दुई अर्ब रूपैयाँ खर्च भएको गरिबी निवारण मन्त्रालयले जनाएको छ। २०७० सालमा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण समन्वय बोर्ड गठन गरेर गरिब परिवार पहिचान गर्न कार्यक्रम सुरु गरिएको थियो।

    २०७५ सालमा सरकारले गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण समन्वय शाखा खारेज गरी त्यसको ठाउँमा भूमि तथा गरिबी निवारण मन्त्रालयको मातहतमा गरिब पहिचान तथा मापदण्ड शाखा गठन गरिएको छ।

     

  • २६ जेष्ठ २०८२, सोमबार १०:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित