पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू जिल्लामा जाँदा एमालेलाई सोध्नु नपर्ने बताएकी छन्। आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्।
‘पूर्वमा म दुई वटा कार्यक्रमको सन्दर्भमा आएको हो। पालिकाका उपप्रमुख र उपाध्यक्षहरूको राष्ट्रिय स्तरको कार्यक्रम थियो, त्यसको सन्दर्भमा म आएको हुँ। अर्को चाहिँ हाइस्कुलका विद्यार्थीहरुले विज्ञान प्रदर्शनी गरेका थिए,’ सञ्चारकर्मीले तपाईं पूर्व आउँदा काठमाडौंतिर किन भूइँचालो जान्छ भनेर प्रश्नमा भण्डारीले भनिन्, ‘मलाई पनि रुचि थियो उहाँहरूले बोलाउनुभयो र आएँ। चिनजान ठूलै छ, समाजका अरु अरु क्षेत्रहरूमा पनि चिनजान हुन्छ। जनताको आकांक्षा बुझ्न म लागेको छु। म देशभित्र घुमफिर गर्न एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनु पर्दैन।’