मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बेलायत पठाइदिन्छु भन्दै ११ करोड ठगी, दुई जना पक्राउ
  • मार्गरेखा संवाददाता

  • बेलायत पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूसँग ११ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले ११ करोड ६ लाख ९७ हजार ठगी गरेको आरोपमा ४४ वर्षीय लक्ष्मण पराजुली र ४७ वर्षिय अरुणराज शर्मा पक्राउ परेका हुन् ।

    पराजुली मोरङको रतुवामाई- १० घर भइ काठमाडौं महानगरपालिका- ६ सरस्वतीनगर बस्तै आएका थिए । त्यस्तै शर्मा धनुषाको सबैला नगरपालिका- १२ घर भइ हाल काठमाडौं महानगरपालिका- ३२ नरेँफाँट बस्दै आएका थिए ।

    एसपी आचार्यका अनुसार हालसम्म उनीहरूले ३८ जना पीडितहरूलाई यूके पठाइदिन्छु भन्दै त्यति ठूलो रकम ठगी गरेका हुन् । वैदेशिक रोजगार विभाग ताहाचलको आग्रहमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको र विभागमा पठाइसकेको उनले बताए ।

  • २७ जेष्ठ २०८२, मंगलवार १२:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित