मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुर नगरपालिकाभित्रका विद्यालयहरूमा तीन दिनको गर्मी बिदा
  • मार्गरेखा संवाददाता

  • कोहलपुर, २७ जेठ – अत्यधिक गर्मीका कारण कोहलपुर नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयहरू तीन दिनका लागि बन्द गरिने भएका छन्। कोहलपुर नगरपालिकाको शिक्षा शाखाले सोमबार एक सूचना जारी गर्दै जेठ २७ गतेदेखि २९ गतेसम्म (तीन दिन) विद्यालय बन्द रहने निर्णय गरिएको जानकारी गराएको हो।

    नगर कार्यपालिकाको कार्यालय, कोहलपुरबाट जारी उक्त सूचनामा अत्यधिक गर्मीका कारण पठनपाठन प्रभावित भएको भन्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको उल्लेख छ। निर्णयलाई कार्यान्वयनमा ल्याउन विद्यालयहरूलाई निर्देशन दिइएको छ।

    नगरपालिकाका उपसचिव रामबहादुर हमालद्वारा हस्ताक्षरित सूचनामा सम्बन्धित सबै विद्यालयहरू, शिक्षा समितिहरू, र अन्य सरोकारवाला निकायहरूलाई जानकारी दिइएको छ।

    नगरपालिकाले अत्यधिक गर्मीबाट बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै यो निर्णय लिएको जनाइएको छ।

  • २७ जेष्ठ २०८२, मंगलवार १४:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित