मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आयुर्वेद निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज जेठ २९ ।  नेपालगञ्ज उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय अन्तर्गतको आयुर्वेद शाखाले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।

    साे कुरा बिहिबार नेपालगन्जमा पत्रकार सम्मेलन जानकारी दिदै  पत्रकार सम्मेलनमा नेपालगन्ज उपमहानगरपालिका कार्यबाहक मेयर कमरूदिन राईले   नगरवासीलाई लक्षित गरी आयोजना गरिएको यस शिविरमा विभिन्न प्रकारका शारीरिक तथा मानसिक समस्याहरूको आयुर्वेदिक उपचार निःशुल्क रुपमा प्रदान गरिने बतााउदै नेपालगन्जमा करिब ७ कराेड रूपैयाकाे लागतमा आयुर्वेद अस्पतालकाे भवन निर्माण भइरहेकाे बताए ।

    पत्रकार सम्मेलनमा  नेपालगन्ज उपमहानगरपालिका आयुर्वेद शाखा डा सुरेश पुनले  आउदाे जेठ ३१ गते  नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४, शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, गणेशपुर गरिने  शिविरमा पाइला, फिस्टुला, फिसर, पाइल्स, मधुमेह, बान्ता, एसिडिटी, अपच, पेट दुख्ने, कब्जियत, ग्यास, पाचन प्रणालीसँग सम्बन्धित रोगहरू, हड्डी तथा नसासम्बन्धी समस्या, स्नायु तन्त्र र मांशपेशीका समस्या, मूत्र प्रणालीका समस्या, स्त्रीरोग, चर्मरोग तथा यौनजन्य समस्याहरूको उपचार गरिने जनाइएको छ।

    पत्रकार सम्मेलनमा  नेपालगञ्ज उपमहानगरपालिकाका आयुर्वेद औषधालयहरू — जयसपुर (वडा नं. १६), परसपुर (वडा नं. १७) र भवानिनगर (वडा नं. १४) मा नियमित रूपमा निशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण सेवा उपलब्ध रहेको जनाइएको छ।

  • २९ जेष्ठ २०८२, बिहीबार १७:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित