मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

लागुऔषध (ब्राउन सुगर) सहित एक युवक पक्राउ
  • मार्गरेखा संवाददाता

  •  

    नेपालगञ्ज असार २ ।जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति २९ वर्षका चुनचुन पासी  नेपालगञ्ज उपमहानगरपालिका–९ स्थित प्रभात टोलका बासिन्दा रहेकाे प्रहरीले जनाएकाे छ ।

    आइतबार  चेकजाँचका क्रममा पासीलाई शंकास्पद देखिएपछि प्रहरीले उनलाई रोकेर खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारेको  जाँच गर्दा उक्त पदार्थको तौल १०६ ग्राम १८० मिलिग्राम रहेको पुष्टि भएको छ।

    पक्राउ परेका युवकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

     

  • २ असार २०८२, सोमबार ११:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित