बाँके, डुडुवा असार ६ । डुडुवा गाउँपालिका, बाँकेका अध्यक्ष नरेन्द्र प्रसाद चौधरीको कार्यशैली जनतामैत्री र उदाहरणीय बन्दै गएको छ। उनले अपनाएको व्यवहार र सेवा प्रवाह प्रणालीले स्थानीय बासिन्दालाई सहज, छिटो र प्रभावकारी सेवा पाउने वातावरण निर्माण गरेको छ।
अध्यक्ष चौधरीको कार्यकक्ष सधैँ जनताको पहुँचमा खुला रहन्छ। कुनै पनि सेवा वा समस्या लिएर आएका नागरिकलाई विशेष प्राथमिकता दिइन्छ। कार्यकक्षमै जनतासँग व्यक्तिगत हालखबर सोध्ने, उनीहरूको कुरा ध्यानपूर्वक सुन्ने र समस्या समाधानका लागि तत्काल पहल गर्ने चौधरीको व्यवहार सबैका लागि प्रशंसनीय बन्न पुगेको छ।
उनको कार्यशैली अनुसार कार्यकक्षमा पुगेका प्रत्येक नागरिकलाई आफ्नै छेउमा बसालेर सेवा दिन्छन्। कानुन बमोजिम तुरुन्तै हुने काम त्यहींबाटै सम्पन्न गरिन्छ भने प्रक्रियागत रूपमा हुने कामलाई स्पष्ट बुझाइदिई नागरिकलाई अनावश्यक अलमलमा पर्न नदिइ पठाइन्छ।
यदि कुनै समस्या गाउँपालिकाको क्षेत्राधिकारभित्र नपर्ने खालको भएमा समेत अध्यक्ष चौधरी सम्बन्धित कार्यालयमा सम्पर्क गरी समाधानको प्रयास गर्छन्। जनताले “काम भएन” भनेर फर्कनु नपर्ने उनको यो कार्यशैली स्थानीय तहको सेवा प्रवाहमा सकारात्मक उदाहरण बनेको छ।
अध्यक्ष चाैधरी कार्यकक्षमा पुग्न ढिलाे भएकाे अवस्थामा कार्यकक्षमा अध्यक्षकाे पर्खाईमा बसेका जनतालाई अध्यक्ष चाैधरी कार्यकक्षमा पुग्ने बितिकै अध्यक्ष चाैधरीले आफू भन्दा जेष्ठ जनताकाे खुट्टामा ढाेग गर्ने र अध्यक्ष भन्दा उमेरले कम भएका जनताले अध्यक्ष चाैधरीकाे खुट्टा ढाेग गर्ने गरेकाे देख्न सकिन्छ ।
डुडुवा गाउँपालिका अन्तर्गत पर्ने उच्चवा गाउँका स्थानीय बासिन्दा हरिराम हरिजन अनुसार आज गाउँपालिकामा खानेपानी हेडपाइप धारा माग गर्ने आएकाे थिए सरासर अध्यक्षकाे ढाेका खाेले तर सचिवालका कुनै पनि कर्मचारीहरू कुनै राेकटाेक भएन्न अध्यक्ष ज्यू लाई नमस्कार गरे अध्यक्ष ज्युले नमस्कार फर्काउदै बस्नु भन्नू भयाे बसे बसेकाे करिव १० मिनेट पछि अध्यक्ष ज्युले नजिक बाेलाएर कुन काममा आएकाे भन्नू भयाे मैले खानेपानी खानालाई धेरै समस्या भयाे एउटा हेडपाइप धारा दिनु पर्याे भने त्यस पछि अध्यक्ष ज्युले साचाे बाेलेकाे हाे तिम्रो परिवारलाई खानेपानी खाना समस्या परेकाे हाे भने साेध्नु भयाे झुट हाे भने कार्बाहि हुन्छ नि भन्नू भयाे मैले भने सत्य हाे भने पछि कर्मचारीलाई बाेलाए धारा जडान गर्न भन्नू भयाे कर्मचारीले मेराे नागरिता माग्नु र निबेदन लेख्नु भयाे र आइतबार जडान हुन्छ जाउ भन्नू भयाे मैले पालिका आउदै गर्दा अध्यक्ष संग भेट हुन्छ कि हुदैन्न धारा पाउछुकि पाउदै साेच्दै आएकाे तर जुन तरिकाले मैले धारा पाए म आज धेरै खुशी भएकाे बताए ।
अध्यक्ष चाैधरीले एक प्रश्नकाे जवाफ दिदै निर्वाचन बेला जनता बिच जनताकाे सेवा तन,मनले सेवा गर्ने प्रतिबद्धता गरेकाे र साेहि अनुसार आफुले काम गरेकाे बताउदै बाँकेकाे डुडुवा गाउँपालिका अधिकाश मदेशी समुदायको जनसंख्या रहेकाे र पालिका बाट दिइने सेवा सुबिधाका बारेमा नबुझेका हुना सक्ने भएकाे हुनाले कुनै नागरिक अलमल्ल नहुने र सिधै अध्यक्ष संग कुरा गर्ने अप्ठ्यारो मान्ने हुनाले उनलाइ सहज बनाउनका लागि आफुले आफ्नो कार्यकक्षमा प्रबेश गर्ने सहज बाताबरण बनाउनुका साथै कार्यकक्षमा पुगेका जनताहरूलाई कम्तीमा ५ मिनेट आरामले बस्न अनुराेध गर्ने त्यसपछि आएका जनताहरूलाई प्रत्येक जनालाई आफ्नो छेउमै बसालेर समस्या समाधान गर्ने बताए ।
जहाँ अन्य पालिकाका जनप्रतिनिधिका कार्यकक्षमा भेटघाटका लागि नागरिकहरूले पहिले पालिका प्रमुख वा अध्यक्षकाे सचिवालमा सम्पर्क गर्नु पर्ने सचिवालय कर्मचारीबाट आज भेटघाट हुदैन्न अध्यक्ष वा प्रमुख बैठकमा हुनुहुन्छ १ घण्टा पछि आउनु हाेस वा प्रमुख संग साेधेपछि आधा घन्टा पछि पठाउनु भन्ने गरेकाे सुन्न र देख्न पाइन्छ प्रतिक्षा गर्नुपर्ने अवस्था देखिन्छ, भने पालिका प्रुमुख वा अध्यक्ष संग नभेटेर पनि जाँदै कति दिन भयाे भेट्न आएकाे भेट हुनै गाह्राे भएकाे गुनासो गरिरहेकाे देख्न सकिन्छ ।