दाङ, असार ६ – लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत गरेको वार्षिक कार्यक्रम तथा बजेटप्रति नेपाली कांग्रेस लुम्बिनी प्रदेशले गम्भीर ध्यानाकर्षण जनाएकाे छ। प्रदेश सभापति अमरसिंह पुनका अनुसार प्रस्तुत बजेट समावेशी, न्यायोचित र समतामूलक विकासको भावना विपरित रहेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ।
विज्ञप्तिमा प्रदेश सरकारले प्रस्तुत गरेकाे बजेट संघीय शासन प्रणालीकाे मर्म, लोकतन्त्रकाे विकास र जनताको आवश्यकता अनुरूप नभएको आरोप लगाइएको छ। सरकारका मन्त्री तथा प्रतिनिधिहरूले आफ्नाे क्षेत्रीय र व्यक्तिगत स्वार्थकाे लागि बजेट निर्माणमा हस्तक्षेप गरेको आरोप लगाउँदै कांग्रेसले यस्ता प्रवृत्तिले प्रदेशको समग्र विकासमा बाधा पुर्याउने उल्लेख गरेको छ।
प्रमुख बुँदाहरू:
- बजेटमा प्रदेशकाे सबै क्षेत्र र भूगोलकाे आवश्यकता अनुसार न्यायसंगत र सन्तुलित ढंगले विनियोजन नभएको।
- प्रदेशको समग्र विकासका लागि आवश्यक पर्ने नीतिगत स्पष्टता र दीर्घकालीन सोचको अभाव।
- आर्थिक अनुशासन तथा समावेशी सहभागिताबिना निर्माण गरिएको बजेटले गम्भीर अन्याय गरेको।
- सुरक्षालगायत अतिमहत्त्वपूर्ण क्षेत्रमा समुचित बजेट विनियोजन नगरेको।
- विषयगत मन्त्रालय तथा कार्यालयहरूले प्राथमिकताका आधारमा योजना बनाउने अवसर नपाएको।
कांग्रेसले प्रदेश सरकारलाई बजेटमा देखिएका विसंगतिहरू तत्काल सच्याउन र जनताको हितमा नीतिगत रूपमै सुधार ल्याउन आग्रह गरेको छ

Screenshot