मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

एसीसी यू-१६ : सिंगापुरमाथि नेपालको सहज जित
  • मार्गरेखा संवाददाता

  • ओपनर प्रसिद्ध जैसीले अर्धशतक बनाएपछि एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी सुरुवात गरेको छ । आइतबार भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको हो ।

    सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । प्रसिद्ध ५५ रनमा अविजित रहे । रौनक श्रीवास्तवले ४० रन बनाए ।

    सिंगापुरका आकाश तेजाले ३ विकेट लिए । युवान पाण्डेले १ विकेट लिए ।

    त्यसअघि कप्तान विपिन प्रसाद शर्मा र सचिन भट्टले उत्कृष्ट बलिङ गरेपछि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ३६.१ ओभरमा सबै विकेट गुमाएर १३८ रनमा अलआउट भएको थियो ।

    विपिनले १० ओभरमा १ मेडन राख्दै ३४ रन खर्चेर ४ विकेट लिए । सचिनले ६.१ ओभरमा २ मेडन राख्दै १६ रन खर्चेर ३ विकेट लिए । अभय यादव र शुभम खनाले समान १ विकेट लिए ।

    सिंगापुरका लागि कप्तान रियान नइकले सर्वाधिक ५३ रन बनाए । यस्तै ओपनर आहान भुथानदमले ३८ रन बनाए ।

  • ८ असार २०८२, आईतवार १३:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित