मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

वाङ्मय साहित्य कला पुरस्कारबाट कवि प्रदीप भट्टराई र केशवबहादुर खड्कालाई पुरस्कृत
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, असार ८ गते । ‘हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान’को आयोजना र कोहलपुर वाङ्मय प्रतिष्ठानको सहकार्यमा कोहलपुरमा दुई जना साहित्यकारलाई पुरस्कृत गरिएको छ । सोही कार्यक्रममा पुस्तक विमोचन र साहित्यकारहरूलाई प्रशिक्षण समेत प्रदान गरिएको छ ।

     

    सो कार्यक्रममा कोहलपुर वाङ्मय प्रतिष्ठानबाट यस वर्षबाट सुरु गरिएको जनही १० हजार ५०० राशिको कोहलपुर वाङ्मय साहित्य कला पुरस्कारबाट कवि प्रदीप भट्टराई र केशवबहादुर खड्कालाई पुरस्कृत गरिएको हो । उहाँहरूलाई प्रा.डा कपिलदेव लामिछाने र प्रा.डा.कृष्णप्रसाद घिमिरेले पुरस्कार प्रदान गर्नुभयो ।

    सोही कार्यक्रममा पूर्णिमाकै प्रकाशन संस्थाका सल्लाहकार प्राज्ञ महानन्द ढकालको खटप्वालबाट नियाल्दा कृति विमोचन गरियो भने कोहलपुर वाङ्मय प्रतिष्ठानले प्रकाशनमा ल्याएका कोहलपुर र रैथाने एक अन्वेषण र रोहिणी वर्ष २ लाई पनि सार्वजनिक गरिएको कोहलपुर वाङ्मय प्रतिष्ठानकी कार्यवाहक अध्यक्ष सुमित्रा न्यौपानेले बताउनुभयो । उहाँले सोही कार्यक्रममा समालोचना लेखन सम्बन्धी प्रशिक्षण र कार्यशाला सम्पन्न गरिएको र सो कार्यशालामा समालोचना विधि र नेपाली समालोचनाका नवीन प्रवृत्तिमाथि प्रा.डा कपिलदेव लामिछाने तथा प्रा.डा.कृष्णप्रसाद घिमिरेले प्रशिक्षण दिनुभएको थियो ।

    कार्यक्रमका सहभागीहरूले प्रशिक्षण निकै प्रभावकारी रहेको भन्दै यस्ता कार्यक्रमले आफूहरूमा समालोचनाका नवीन शिल्प र शैलीको जानकारी मिलेको बताउनुभयो ।

    कार्यक्रममा प्राज्ञ महानन्द ढकाल, वागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख दानबहादुर हमाल, कोहलपुर वाङ्मय प्रतिष्ठानकी कावा अध्यक्ष सुमित्रा न्यौपाने, प्रदीप भट्टराई लगायतले मन्तव्य राख्नुभएको थियो। सोही अवसरमा आयोजना गरिएको दोस्रो कार्यक्रम क्याफे कविता–२ मा कवि हेम मन्जिल र कल्पना पलकले विभिन्न स्तरीय कविताहरू सुनाउनु भएको थियो ।

  • ८ असार २०८२, आईतवार १३:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित