मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

लागूऔषध दुरुपयोग विरुद्ध बाँकेमा सप्ताहव्यापी अभियान जारी
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज असार ०८ । “स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिबद्धता: लागूऔषध दुरुपयोग विरुद्ध ऐक्यवद्धता” भन्ने मूल नाराका साथ लागूऔषध दुरुपयोग एवं ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस सप्ताहव्यापी रूपमा बाँकेमा सुरु भएको छ। जिल्ला प्रहरी कार्यालय, बाँकेको आयोजनामा यो अभियान असार ६ गतेदेखि असार १२ गतेसम्म (२० जुनदेखि २६ जुन, २०२५) सञ्चालन हुँदैछ।
    अभियान अन्तर्गत आइतबार  डुडुवा गाउँपालिका वडा नं. ५ स्थित श्री शहीद स्मारक मा.वि. कम्दीमा विशेष कार्यक्रम सम्पन्न भयो।

    कार्यक्रममा कक्षा ७ देखि १० सम्मका विद्यार्थी, शिक्षक र शिक्षिकाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
    जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिनुभएका प्रहरी निरीक्षक शीबा थापाले लागूऔषध रोकथाम, न्यूनीकरण तथा यससम्बन्धी कानुनी प्रावधानबारे विस्तृत प्रशिक्षण दिनुभयो। उहाँले लागूऔषधका नकारात्मक असरहरू, यसबाट बच्ने उपायहरू र यसको अवैध ओसारपसारमा संलग्न भएमा हुने कानुनी कारबाहीबारे जानकारी गराउनुभयो। प्रशिक्षण पश्चात सचेतनामूलक पर्चाहरू पनि वितरण गरियो।
    लागूऔषध दुरुपयोगले समाजमा पार्ने गम्भीर असरहरूबारे जनचेतना फैलाउने र युवाहरूलाई यसको दलदलमा फस्नबाट जोगाउने उद्देश्यले यो सप्ताहव्यापी अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ।

  • ८ असार २०८२, आईतवार १७:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित