मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड
  • मार्गरेखा संवाददाता

  • परीक्षा लगत्तै शिक्षकहरुको लामो आन्दोलनका बाबजुद राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा सकिएको तीन महिनाभित्रै नतिजा सार्वजनिक गरेको हो । भक्तपुरस्थित कार्यालयमा बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने अन्तिम निर्णय गरेलगत्तै पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गरिएको हो ।

    पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष महाश्रम शर्माले कुल परीक्षर्थीमध्ये एक लाख ६७ हजार ५९७ जना ग्रेडेड भएको जानकार दिए । उनका अनुसार, गत वर्षको एसइईमा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएको उल्लेख गरे । शर्माले अघिल्लो वर्षको तुलनामा यो वर्ष करिब १३ प्रतिशत बढी विद्यार्थी ग्रेडेड भएको जानकारी दिँदै उत्कृष्ट नतिजा ल्याउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।

    यो वर्ष ३.६ देखि ४ जीपीए अर्थात् ए प्लस ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ रहेको शर्माले बताए ।

    २०८१ को एसइई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । यो वर्षको परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए

  • १३ असार २०८२, शुक्रबार २०:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित